गृहपृष्ठ » देवदह विशेष, समाचारहरुअनौठो प्रतीयोगिता “एक जोडी, एक विरुवा” (फोटो फिचर सहित )

अनौठो प्रतीयोगिता “एक जोडी, एक विरुवा” (फोटो फिचर सहित )

February 14, 2017४४० पटक

उज्यालो लाल्टिन सम्बाददाता/फाल्गुन ३/रुपन्देही। प्रेम दिवसको अवसरमा एक जोडी एक विरुवा कार्यक्रम सम्पन्न भएको छ। सामाजिक रुपान्तरणका लागि बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले आज देवदह नगरीको भलुही ११ स्थित दुर्गा मन्दिरको प्राङगणमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। प्रेम दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रममा राजनीतिज्ञ, उधोगपती, व्यापारी, बुद्धीजिवी, शिक्षक र सर्वसाधारण गरी जम्मा २२ जोडीले बिभिन्न पाच परजातीका विरुवाहरु रोपेका छन। प्रेम दिवसमा सामाजिक कार्य गर्दै आफ्नो प्रेमलाई युगौयुग सम्म जिवित राखौ भन्दै “ समाजमा नयाँ चेतना छरौ, प्रेम दिवस मनाउन वृक्षारोपण गरौ “ भन्ने नारा सहित सम्पन्न कार्य16731912_1188901387875506_1838399221_oक्रममा आज रोपण भएका विरुवाहरुको १ बर्ष सम्मका लागि संरक्षणको जिम्मा विरुवा रोपण गर्ने जोडीमा रहेको र १ बर्ष पछी पुन प्रेम दिवसमै सम्पुर्ण विरुवाहरुको सर्वेक्षण गरी सबै भन्दै सप्रिएको विरुवा रोप्ने जोडीलाई २ दिन १ रातको पोखरा भ्रमणको प्याकेज पुरस्कार स्वरुप उपलब्ध गराउने योजना रहेको प्रतिष्ठानका सचिव मुकेश ज्ञवालीले जानकारी गराउनु भयो। ज्ञवालीका अनुसार प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई श्रीमान र श्रीमतीको उमेर बराबरको रकम सहयोग स्वरुप दान गर्न अनुरोध गरिएको थियो। संकलित रकम रुपन्देही क्षेत्रको कुनै अनाथ आश्रममा आश्रित बालबालिकालाई खाना खुवाइने छ। कार्यक्रममा बोल्दै रुका सापकोटा, अप्सरा खत्री, नानिमाया पहारी लगायतले पश्चिमी संस्कृती सबै बिकृती हुन भन्ने हामी नेपालीको सोचलाई यो कार्यक्रमले  बदलिदिएको भन्दै यस्ता कार्यक्रमले  वातावरणका साथै आपसी प्रेम र सदभावलाई बलियो गराउन ठुलो भुमिका खेल्ने धारणा व्यक्त गरेका थिए। ६० बर्षिय सहभागी  चुमकला पराजुलीले आज सम्पन्न कार्यक्रम वास्तवमा नै एक पुण्य काम भएको र यस्ता कार्यक्रमहरु भोलिका दिनमा पनि प्रतिष्ठानले गर्दै जाओस भनी आशिर्वाद दिनु भएको थियो। सम्पन्न कार्यक्रममा केवल श्रीमतीहरुलाई वक्ता बनाइ आफ्नो जीवन, प्रेम र विवाह कुनै पनी बिषयमा बोल्नको लागि अनुरोध गरिएको थियो। कुनै पनि पुरुषको सफलताका पछाडि एक महिलाको ठुलो हात हुन्छ भन्दै श्रीमतीको नामले श्रीमानलाई प्रतियोगितामा  सहभागी गराइएको कार्यक्रममा सह आयोजकको रुपमा रोहिणी सामुदायिक वन उपभोक्ता समुह देवदह, भलुही रहेको थियो। शान्ती आमा समुह देवदह भलुही र कञ्चन दर्पण साप्ताहिकको बिशेष सहयोग  रहेको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका सदस्य जीवन न्यौपानेले गर्नु भएको थियो। रोहिणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र बहादुर रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष राजिव सापकोटाको स्वागत, सदस्य अमृत लम्सालको सञ्चालन तथा  कार्यक्रम संयोजक बिनिता खरेलको धन्यवाद ज्ञपान रहेको प्रतिष्ठानका स्दस्य नारायण अधिकारी जानकारी गराउनु भयो।

jiblal jpt khadak hira gr (2) gr (1) divya 16731912_1188901387875506_1838399221_o amar basu bhim chandra

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण