गृहपृष्ठ » मुख्य समाचार, समचारजवरजस्ती करणी गर्नेलाई साढे पाँच वर्ष कैद सजाय ।।

जवरजस्ती करणी गर्नेलाई साढे पाँच वर्ष कैद सजाय ।।

September 7, 2015१९४ पटक

jjj

भाद्र,२१ इलाम । जवरजस्तीकरणी अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई सो सजाय सुनाएको हो ।
मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै सोही महलको ३ (५) बमोजिम पाँच वर्ष छ महिना कैद र सोही महलको १० नं बमोजिम पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
पशुपतिनगरकी एक महिलालाई बलात्कार गरेको अभियोगमा गत साउन १९ गते योल्मुलाई प्रहरीले पक्राउ गरी भदौ १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण