गृहपृष्ठ » धर्म सस्कार, विशेषअाज देखि मदारमेला शुरु हुदै

अाज देखि मदारमेला शुरु हुदै

February 16, 2017४२२ पटक

नन्दु यादव ,फागुन ५ , बेलाटारी।जिल्लाकाे कुडिया गा. बि.स. काे महलबारीमा आज  ५ गते देखि मदार मेला सुरु  भएकाे छ ।लामाे समय देखि हरेक बर्ष लाग्दै अाएकाे मदारमेला फागुन ५ गते देखि १४ गते सम्म मेला सन्चालन हुने मदरसा ईस्लामिया कुताबुल कुडियाका अध्यक्ष जमालुदिन असारी ले बताउनु भएकाे छ।मेलाका लागि अावश्यक पर्ने पुर्बधारकाे याेजनाका लागि,विभिन्न समिति मार्फत,सरसफाई , खानेपानी बाटाेघाटाे ,शाैचालय,सवारीसाधनका लागि पार्किङ , बिजुलि ,सन्चार काे ब्यवस्थापन कार्य काे तयारी पूरा भएकाे अायाेजक ले जनाएकाे छ।मेलामा करिब १० लाख भक्त श्रध्दालुहरुकाे उपस्थिति हुने अनुमान गरिएकाे छ।नवलपरासीकाे एैतिहासिक तिर्थस्थलकाे रुपमा रहेकाे दाउन्नेदेबि,रामग्रामस्तुप,माैलाकालिका,गजेन्द्र माेछधाम मध्ये मदारस्थान पनि एक महत्वपर्ण स्थान हेा।मदार बाबाकाे मजारस्थानमा पुगेर मनमा चिताएकाे मनाेकामना पूरा हुने धार्मिक बिश्वास रहि अाएकाे छ। महिलाहरुकाे बच्चाहुने समस्या लाई यहाजाने महिलाहरुले भाकल गरेर अाएपछि बाल बच्चा पाएकाे महिलाहरुले बताउदै अाएका छन।मदारबाबाकाे मजारस्थान महलबारी देखि लगभग९ किलाेमिटर पहाडकाे डाडामा अवस्थित रहेकाे छ लगभग ३ घन्टा पुग्न लाग्दछ। नेपाल र मित्र राष्ट्र भारत का भक्तजन हरुकाे उपस्थिति हुने जनाईकाे छ।मेलालाई सभ्य रभब्य बनाउन कडा सुरक्षाका लागि १८९ जनपद प्रहरी४० जना शशस्त्र प्रहरी१५ जना ट्राफिक प्रहरी र १०० जना स्थानिय स्वयसेवक खटाईएकाे अायाेजक ले बताएकाे छ।त्यसै ग साधन दुर्घटनाबाट हुने मानव क्षति लाई राेक्न नेपाली गण्डक नहरकाे पानी घटाईएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण