गृहपृष्ठ » समचारपन्चेबाजा बाग्लुङ दरम खोलामा नबिन पौडेलले गायत्री थापालाई यसरी नरम पार्दै २०७३

पन्चेबाजा बाग्लुङ दरम खोलामा नबिन पौडेलले गायत्री थापालाई यसरी नरम पार्दै २०७३

February 16, 2017१९९ पटक

फागुन ५ बिहिबार ।

बिवाहको लगन आईरहेको छ आजभोलि धमाधम बिवाह तथा ब्रतबन्ध भइरहेको छ बिशेष गरेर माघ र फागुन महिनालाई बिवाहको लगन गाँठो कस्ने महिना भन्ने गरिन्छ । बिवाहमा रमाइलो तथा मनोरञ्जनका लागी बजाइने बाद्द्यबादन भन्ने बितिकै पन्चेबाजाको सम्झना आउँछ । बिशेष गरेर बिवाहमा रमाइलोका साथ मनोरञ्जन दिने काम पनि पन्चे बाजाले नै गर्छ ।

 

यसै लगनको महिनामा धमाधम बिवाह भइरहेको छ तर पन्चे बाजाको मनोरञ्जन भने बिगतका बर्षहरुमा जस्तो ऐलेको तुलनामा कमै मात्रामा पाउने गरिएको छ । पन्चे बाजाको मनोरञ्जन लिन पर्यो भने उही कलाकारहरुले बजारमा ल्याएका एल्बमबाट भरपूर्ण आनन्द लिन सकिन्छ । त्यस्तै ऐले फागुनको महिना चलेको छ नेपाली सांगीतिक क्षेत्रका लोकदोहोरी कलाकारहरुले धेरै थरिका पन्चे बाजाका गित हरु बजारमा भित्र्याएका छन् ।
यस्तै खालका गितहरु बजारमा भित्रिने क्रममा चर्चित गायक तथा स्टेज कार्यक्रमको हिरो भनेर पनि चिन्ने गरिन्छ नबिन पौडेलको पनी बाग्लुङ दरम खोला नामको पन्चे बाजा गित बजारमा भित्रिएको छ । उनै गायक पौडेलले बाग्लुङ दरम खोला गितमा नै स्वर दिने गायिका गायत्री थापालाई गितै गितमा झन् नरम पारेका छन् । पर्वतैमा सेतीवेणी म्याग्दी तातोपानी” साह्रै राम्री भाकी रैछौ ए गल्कोटे नानी” बाग्लुङ दरमखोला” देखे पछि तिमिलाइ छोड्नै मन छैन, माया बस्न होला । उक्त गितको यिनै सुरुवातको शब्द बाट नबिन पौडेलले गायत्री थापालाई नरम पार्न थालेका हुन् ।
शिव दर्शन फिल्मस् प्रा.लि बाट बजार बेवस्थापन भएको उक्त पन्चे बाजा गितमा उनै गायक नबिन पौडेल र गायत्री थापा को स्वरबद्ध रहेर रमाइलो पारामा सजिएको छ । शब्द दिग्गज धौरालीको रचना र लय पनी गायक पौडेलको नै रहेको छ । गितको भिडियो तर्फ सोही पन्चे बाजा गितकी गायिका गायत्री थापाको निर्देशन रहेको छ भने छायांकन करण चैसिर, कोरियोग्राफर रविन थापा मगर र भिडियो सम्पादन बिष्णु शर्माले गरेका छन् । मोडलिङमा पनि उनै गायिका गायत्री थापा, शिवन पोखरेल र सन्तोष श्रेष्ठको जोडदार भूमिकामा अभिनय रहेको छ ।

Video

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण