गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारनिशुल्क आँखा सिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न

निशुल्क आँखा सिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न

February 18, 2017५२० पटक

उज्यालो लाल्टिन सम्बाददाता, फाल्गुन ७ / देवदह।  सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आइरहको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा ‘नेत्र जाँच तथा नेत्र दान ‘ शिबिर कार्यक्रम रुपन्देहिको देबदहमा सम्पन्न गरेको छ । रण अम्बिका शाह आँखा अस्पताल भैरहवा सह आयोजक ,कञ्चन दर्पण साप्ताहिक ,ग्रीन प्लान्ट आवासिय उच्च माबी ,जुनियर रेडक्रस सर्कल ग्रीन प्लान्ट विशेष सहयोगी रहेको कार्यक्रममा करिब ३०० जनाले नेत्र जाँच ,१५ जना बालबालिकालाई निशुल्क चस्मा बितरण ,२२ जना मोतिया बिन्दुको बिरामिलाई निशुल्क अप्रेशनको लागि सिफारीस र २५ जनाले नेत्र दान गरेका थिए । कार्यक्रम देबदह नगरपालिकाका प्रमुख रामप्रसाद सापकोटा को प्रमुख आतिथ्यता, उज्यालो लाल्टीन प्रतिष्ठानका  सदस्य अभिषेक तिवारीको सभापतित्व र राजिब सापकोटको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण