गृहपृष्ठ » मुख्य समाचार, समचार, समाजश्रीमानद्धारा अागाे लगाई श्रीमतिको हत्या

श्रीमानद्धारा अागाे लगाई श्रीमतिको हत्या

February 19, 2017५४९ पटक

नन्दु यादव/फाल्गुन ८ , बेलाटारी। नवलपरासीको पकलिहवा गा.वि.स.मा घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । शनिवार राति पकलिहवा गा.वि.स.वडा नं. ९ सकरदिनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३५ का मिन्नु मुसहरले आफ्नी श्रीमती वर्ष अन्दाजी ३३कै जडावती मुसहर माथी मटितेल छर्की अागाे लगाएका थिए।आगो लगाई फरार भएका मुसहरलाई प्रहरी चौकी रामनगरले पक्रीएर इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ । आगोलागी घाइते भएकी मुसहरकी श्रीमतीलाइ उपचारको लागी गएराती नै सहिद स्मृती सामुदायीक अस्पताल चौपत्ता लगीएको र थप उपचारको लागी बुटवल लुम्बीनी अञ्चल अस्पतालमा रिफर गरी उपचार भईरहेको मुसहर श्रीमतीको आज  विहान ५ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।सामान्य घरपरिवार रहेकाे साे परिवारमा ३ जना छाेरी र१ जना छाेरा र अामा बुवा गरि कुल ६ जनापरिवारकाे सख्या रहेकाे थियाे।लामाे समय देखि नै रक्सि खाएर एक अापसमा झै झगडा गर्ने गरेका थिए गाउँ भन्दा टाढा एकान्त नारायणी किनारमा रहेकाे एउटा सानाे जस्तापाताले बनाएकाे घर मा बस्दै अाएका परिवार अहिले बिच्चलिमा परेका छन।२ जना बच्चाहरु अाफ्नी सानी अामा घर महलबारी बसिरहेका छन भने २ जना भारततिर अाफन्तकाे घरमा बसिरहेका छन। अशिक्षा,गरिबी जनचेतनाकाे अभावमा दिनानुदिन यस्ताे घटना भईरहेकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण