गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचार” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

February 24, 2017६४१ पटक

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रको समन्वय र कञ्चन दर्पण साप्ताहिकको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। खैरेनी प्रहरी चौकी प्रमुख भक्तीराम खनालको प्रमुख आतिथ्यातामा सम्पन्न उक्त कार्यक्रममा सात अनाथ तथा असहाय बालबालिकाले सात अभीभावक छनोट गरेका छन।IMG_0445 १८ देखी ३९ बर्ष सम्म उमेरका अभिभावकको सहभागीता रहेको कार्यक्रममा बालबालिकाले गोलाप्रथाद्वारा आफ्नो लागि एक-एक अभीभावक छनोट गरेका हुन। छनोट भएका अभीभावकहरुले संरक्षण केन्द्रका बालबालिकालाई कक्षा ८ सम्म पढ्दाको लागि केन्द्र मै गएर शिक्षा, स्वास्थ्य  तथा खानपीनमा सहयोग पुर्याउने र कक्षा ८ प छीपनी इच्छा भएको खण्डमा निरन्तर्ता दिने कुरामा प्रतिबद्दता गरेका छन। आफुलाई छनोट गरेको बालबालिकालाई सहयोग गर्न सामाग्री लैजादा सबै बालबालिकालाई पनि लैजाने, निरन्तर संपर्कमा रहने र सात बालबालिकाका अभीभावक मिलेर सातै बालबालिकालाई सामुहिक भ्रमण लैजाने लगायतका कार्यक्रम गर्ने बताएका छन। कार्यक्रममै बिच अबिभावकत्व ग्रहण गरेका देवदह भलुहीका देवदह मेडीकल कलेजमा MBBS अध्ययनरत बिमल पराजुली र बिजय कुमार महतोले सात सेट कापी कलम सातै बालबालिकालाई बितरण गरेका छन भने अभीभावक मध्यकै सुश्मा पौडेल, हरी विश्वकर्मा र टेक बहादुर विश्वकर्माले सामुहिक रुपमा सबै बालबालिकालाई एकै प्रकारको  स्कुले झोला र ज्यामेती बक्स २ दिन भित्रमा उपलब्ध गराउने प्रतिबद्दता जाहेर गरेका छन । बालक विनोद बि.क ले अभिभावकका रुपमा हरी बि.कलाई र क्रमश  शिरिष परियारले बिमल पराजुली, राम परियारले शिला भट्टराई, अनिश परियारले टेक बहादुर बि.क, कञ्चन परियारले कल्पना भण्डारी, अर्जुन परियारले रोशन काफ्ले र इच्छा परियारले सुस्मा पौडेललाई अभिभावकका रुपमा छनोट गरेका हुन। कार्यक्रममा बोल्दै अभीभावक मध्यका टेक बहादुर विश्वकर्माले आफुलाई छनोट गरेको बालकलाई मात्र होइन केन्द्रमा रहेका सम्पूर्ण बालबालिकालाई समान रुपमा सहयोग गने र माया दिने वचन गरेका छन। कञ्चन दर्पण साप्ताहिकबाट १ जना उज्यालो लाल्टिन प्रतिष्ठानबाट १ जना र केन्द्रबाट १ जना गरी जम्मा ३ सदस्य निरिक्षण समितीका अनुसार प्रत्येक् बर्षको शिवरात्रीमा बालबालिकालाई थप प्रोत्सहान गर्ने बिभिन्न खालका  जस्तै दौड, न्रित्य, गायन, हास्यब्यङग, चित्रकला लेखन वाचन जस्ता प्रतियोगिता गराएर अभीभावक र बालबालिकालाई पुरस्कृत गर्ने र यो केन्द्रमा रहेका बालबालिकाले कम्तीमा ८ कक्षा पढ्दा सम्मका लागि निरन्तरता दिरहने संरक्षण समिती सदस्य गणेस डुम्रेले बताउनु भयो। डुम्रेका अनुसार यो प्रतियोगिता नभइ एउटा अभियान रहेको र यो अभियानले सधैं निरन्तरता पाउने बताउनु भयो। उज्यालो लाल्टिनले प्रणय दिवसका दिन सम्पन्न गरेको एक जोडी एक बिरुवा बिषयक कार्यक्रममा संकलन भएको रकमले आज उक्त केन्द्रका बालबालिकालाई प्रतिष्ठानले खाना पकाएर खुवाएको छ।  शिवरात्रीलाई गाजा र धतुरोले होइन कुनै परोपकारी कार्यबाट पनी मनाउन सकिन्छ भन्दै प्रतिष्ठानले ” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी” को नारा सहित यो कार्यक्रम सम्पन्न गरेको हो । प्रतिष्ठानको सदस्य सुरज भण्डारीको अधय्क्षता, पुष्पा भण्डारीको स्वागत, कमला अर्यालको धन्यवाद ज्ञापन र अमृत लम्सालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य नविन रेग्मी र सागर कडेलले बालबालिकाका लागि आवश्यक सामन्य औषधी एक बर्षसम्मका लागि उपलब्ध गराउने प्रतिबद्दता गरेको प्रतिष्ठानका सचिव मुकेश ज्ञवालीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण