गृहपृष्ठ » देवदह विशेष, धर्म सस्कारमन्दिरको सर्वाङगिण विकासका लागि महायज्ञ

मन्दिरको सर्वाङगिण विकासका लागि महायज्ञ

February 28, 2017५२७ पटक

उज्यालो लाल्टिन सम्बाददाता/ फागुन १६, देवदह।  रुपन्देहीको देवदह–२ मा श्रीमद भागवत तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । फागुन २६ गते देखि चैत २ गते सम्म सञ्चालन हुने महायज्ञको पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । देवदह–२ मा रहेको सिद्धेश्वर महादेव मन्दिरको सर्वाङगिण विकासका लागि महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक प्रजापति सापकोटाले जानकारी दिनु भएको हो । महायज्ञबाट ३० देखि ५० लाख सम्म रकम संकलन हुने र १५ देखि २० लाख सम्म खर्च हुने अनुमान गरिएको सापकोटाले बताउनु भयो । मूल आयोजक समितिका संयोजक प्रजापति सापकोटाको अध्यक्षता र महायज्ञका प्रमुख कथा वाचक सिद्धबाबा मन्दिर दोभान पाल्पाका सिद्धसाधक व्यासाचार्य पण्डित पुरुषोतम बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा माहाकाली मन्दिर संरक्षण समितिका अध्यक्ष गोविन्द ज्ञवाली, देवदह प्रहरी चौकीका प्रमुख भक्तिराम खनाल लगायतले बोल्दै धर्मले नै मानिसलाई अनुशासित र ज्ञानी बनाउने र साथ साथै असल नागरिक बनाउन मद्धत गर्ने बताउनु भएको थियो । महायज्ञ अविधभर विहान योग शिविर सञ्चालन गरिने आयोकले जनाएको छ । सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितका उपाध्यक्ष लक्ष्मी सिग्देलको धन्यवाद ज्ञापन र सचिव पिताम्बर खरेलको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण