गृहपृष्ठ » राजनीति, समचारसरस्वती संस्कृत क्याम्पस, मणिग्राममा नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित ।

सरस्वती संस्कृत क्याम्पस, मणिग्राममा नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित ।

March 1, 2017४२२ पटक

मणिग्राम, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा स्थित मणिग्रामको सरस्वती संस्कृत क्याम्पस नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित भएको छ ।

आज विहान सम्पन्न स्ववियु निर्वाचनमा तिलोत्तमा स्थित मणिग्रामको सरस्वती संस्कृत क्याम्पसमा सात सदस्यीय समितिको अध्यक्षमा नेपाल बिद्यार्थी संघबाट विष्णु पौडेल, सचिवमा तुलसीराम गैरे, कोषाध्यक्षमा टेकप्रसाद पराजुली र एक सदस्यमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

६९ बिद्यार्थी अध्ययनतर रहेको सो क्याम्पसमा स्ववियु निर्वाचनमा ५३ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा निर्वाचित पौडेलले २९ मत र पराजित भएका अनेरास्ववियुका भुवन अर्यालले २३ मत प्राप्त गरेका थिए ।

त्यस्तै समानुपातिकमा नेपाल बिद्यार्थी संघले २३, एमाले निकटको अनेरास्ववियुले १४ र राप्रपा निकटको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संघले १२ मत पाप्त गरेका छन् ।

क्याम्पसको स्ववियु सदस्य हुनकालागि कम्तिमा १७ मत ल्याएको हुनु पर्ने र त्यसकालागि नेपाल बिद्यार्थी संघको मात्रै मत प्रयाप्त भएको निर्वाचन अधिकृत बासुदेव गौतमले जानकारी गराउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण