तपाईके नाम भोटर लिष्टमा छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस् ।
काठमाडौं,फागुन – २० वर्षपछि २०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको माहोल तातिदै गएको छ । चुनावको समय नजिकिदै जादा घर गाँउमा चुनावी माहोल अझै बढ्दै गइृरेहको छ । नजिकिदैँ गर्दा गाँउघरमा भने चुनावी महोल बनिसकेको छ । स्थानीय चुनाव देशैभरी एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा गरेको हो । सरकारले चुनावी प्रक्रिया पनि तिव्र पारेको छ । निर्वाचन आयोगले फागुन ९ गतेसम्ममा १८ वर्ष उमेर पुगेका बालिगहरुलाई मात्र स्थानीय निर्वाचनमा भोट हाल्न पाउने निर्णय गरेको छ।
निर्वाचन आयोगले फाल्गुन १०, २०७३ बाटै निर्वाचनको प्रयोजनको मतदाता नाम दर्ता प्रक्रिया समेत बन्ध गरेको छ ।
भोट लिस्टमा तपाईको नाम भए नभएको पक्का गर्नुहोस । निवार्चन आयोगको Website मा नाम, जन्म मिति र नागरिकता नम्बर लेखी आफ्नो सम्पूर्ण जानकारीहरु हेर्न मिल्ने प्रविधिको प्रयोग गरिएको छ ।