गृहपृष्ठ » मुख्य समाचार, समाचारहरुमधेशी माेर्चाद्वारा शाेकसभा,संविधान संशोधन नभए चुनाब नहुने ।

मधेशी माेर्चाद्वारा शाेकसभा,संविधान संशोधन नभए चुनाब नहुने ।

March 7, 2017३ पटक

नन्दु यादव/रविन शर्मा चापागाई , फागुन२४ गाेपिगज सयुक्त लाेकतान्त्रिक मधेधीमाेर्चाले नवलपरासीकाे गाेपिगन्जमा अाज शाेक सभा सम्पन्न गरेकाे छ।हिजाे सप्तरीकाे राजबिराजमा प्रहरीकाे गाेली लागेर मृत्युभएकाहरुका अात्मा चिर शान्तिका लागि शेाक सभा गरिएकाे संयुक्त मधेशी माेर्चा नवलपरासीले जनाएकाे छ।नेकपा एमालेकाे मेची महाकाली मधेश अभियान लाई असफल बनाउने क्रममा हिजाे राजबिराजमा प्रहरी र मधेशि माेर्चाका कार्यकर्ता बिच दाेहाेर झडप भएकाे थियाे।झडपमा प्रहरीले अन्धाधुन्ध गाेली चलाउदा ७ जनाकाे मृत्युु भएकाे थियाे भने १५ जना भन्दा बढि घाइते भएकाे बताईएकाे छ। साे घटना लिएर फागुन २४ र२५ गते मधेश समेत बन्द अाह्वान गरिएकाे छ ।

बन्दका कारण अाज नवलपरासीका दक्षिणी क्षेत्रमा मोर्चाका कार्यकर्ताहरुले बिहानै देखि सडकमा टायर बालेर के.पि ओलि बिरुद्द नाराबाजी समेत गरेका थिए भने शैक्षिक सस्था, यातायात ,कलकारखाना ठप्प रहेका छन। नरसिह प्रसाद चाैधरी काे अध्यक्षता तथा तराई मधेश लाेकतान्त्रिक पार्टी का बरिस्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी काे अतिथ्यतामा शाेक सभा सम्पन्न भएकाे छ । शाेक सभामा मधेशि माेर्चाका लख्खु यादव, धरेन्द्र यादव,हैदर अलि अन्सारी ,शुभान अलि अन्सारी लगायतले शाेक मन्तब्य दिनु भएकाे थियाे।

यसै गरि भाेली २५ गते दिउसाे २ बजे सदरमुकाम परासीमा शाेक सभा गरिने सयुक्त लाेकतान्त्रिक मधेशि माेर्चा नवलपरासी जनाएकाे छ।संविधान ससाेधन नभए सम्म मधेशमा कुनै किसिमकाे निर्वाचन हुन नसकिने मधेशि माेर्चाकाे अडान रहेकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण