गृहपृष्ठ » आफ्नै खबर, मुख्य समाचार, समाजमाननिय देवकरण कलवारले गरे सामुदायिक भवनकाे सिलान्यास।

माननिय देवकरण कलवारले गरे सामुदायिक भवनकाे सिलान्यास।

March 16, 2017२ पटक

नन्दु यादव , चैत४ बेलाटारी

जिल्लाकाे ग्रामिण क्षेत्र ठुलाेखैरेटवाकाे वडा न८ मा कालिबर्क्षा सामुदायिक भवनकाे अाज माननीय देवकरण कलवारले सिलन्यास गर्नु भएकाे छ। ग्रामिण क्षेत्र रहेका स्थानमा सामाजिक कार्यक्रम गर्न सहज हुने उदेश्य ले भवन निर्माणकाे काम सुरु गरिएकाे बताईएकाे छ।२ काेठे र १ सभाहलकाे निर्माण कार्य अाज देखि सुरु भएकाे बताईएकाे छ कुल ७ धुर जग्गमा निर्माण हुन गईरहेकाे भवन यहाँ का बासिहरुलाई सामाजिक कार्य गर्नमा सजिलाे हुने बताईएकाे छ।।ठुलाेखैरेटवा गा . बि. स. काे २ लाख९० हजार लगानीमा सुरु गरिएकाे छ ।कुल ३५ घरधुरि रहेकाे याे गाउमा लगभग २५० जनसख्या रहेकाे छ ।सिलन्यास कार्यक्रममा माननीय सासद बिकास काेटाबाट अाफुले पनि अार्थिक सहयाेग गरिने अाश्वाशन दिनुभएकाे स्थानिय सन्ताेष कुशवाहाले बताउनु भएकाे छ।ग्रामिण क्षेत्रमा सामुदायिक भवन हरु निर्माण मा सहयाेग गर्दै अाएकाे माननीय कलवार ले बताउनु भएकाे छ।

कार्यक्रममा स्थानिय समाजसेबी,बुध्दिजिबि,सन्चारकर्मिहरुकाे उपस्थिति रहेकाे थियाे । सिलन्यास कार्यक्रमा बाेल्दै कलवारले स्थानिय निकायकाे चुनाव कसैले राेक्ने नसक्ने बताउदै निर्वाचन हुने ठाेकुवा गर्नु भयाे।स्थानिय निकायकाे निर्वाचनमा कार्यकर्तालाई चुनाबि माहाेल बनाई नेपाली कान्ग्रेस लाई पहिलाे पार्टि बनाउनु पर्नेमा एकजुट भई लाग्नु पर्नेमा कार्यकर्तालाई निर्देशन दिनु भयाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण