गृहपृष्ठ » मुख्य समाचार, समाजपेट्राेल खाएर ३ बर्षिय बालिकाको मृत्यु

पेट्राेल खाएर ३ बर्षिय बालिकाको मृत्यु

March 17, 2017४ पटक

नन्दु यादव ,चैत५ गाेपिगन्ज

नवलपरासी जिल्लकाे सरावल गाँउपालिका वडा नम्बर ४ ललितपुरमा आज एक बालिकाको मृत्यु भएको छ । साबिकको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ का सिद्दिक कुजडाको नातिनी वर्ष ३ की रोजिना कुजडाले घरमा खेल्ने क्रममा पेट्रोल खाएकोले आज दिँउसो मृत्यु भएको प्रहरी चौकी गोबरहिंयाले जनाएको छ । मोटरसाईकलमा हाल्नका लागि खुल्ला रुपमा आँगनमा राखिएको पेट्रोल बालिकाले सेवन गरेकी थिईन् । पेट्रोल खाएको थाहा भएपछि उनलाई परासी उपचार गराउन ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी गोबरहिंया ईन्चार्ज अम्ब्रीका प्रसाद चौधरीले जानकारी दिनुभयो । उन्को शव पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण