हरपुरमा लक्ष्मीनारायण महायज्ञ सुरु
नन्दु यादव ,चैत५ बेलाटारी
जिल्लाकाे सिमा क्षेत्रमा रहेकाे हरपुर गा.बि.स.मा अाज देखि लक्ष्मीनारायण महायज्ञ सन्चालन भएकाे छ।हिन्दु धर्मको रक्षा तथा स्थानिय क्षेत्र बिकास गर्ने उदेश्यले महायज्ञ सन्चालन गरिएकाे यज्ञ सम्पादन मुल समितिका अध्यक्ष दिनानाथ तिवारी ले बताउनु भयाे।महायज्ञकाे अवसरमा अाज हरपुर गा. बि. स.मा कलशयात्रा काे पुरै वडा परिक्रमा गरि महायज्ञ महाराज हरिहर दास ( फरहारीबाबा) ले उदघाटन गर्नु भएकाे थियाे कलशयात्रामा हजाराै भक्त श्रध्दालु हरुकाे सहभागिता रहेकाे थियाे भने महायज्ञमा बिहान ६ बजे देखि१० बजे सम्म हवन र परिक्रमा १२ बजे देखि ४ बजे सम्म प्रबचन, साझ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र रात्री ८ बजे देखि२ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम सन्चालन गरिने बताईएकाे छ।महायज्ञ चैत १३ गते सम्म सन्चालन हुने बताईएकाे छ भने महाराज श्रवण ब्यासबाबा ले प्रबचन गर्ने यज्ञ सम्पादन समितिले जनाएकाे छ।