गृहपृष्ठ » मुख्य समाचार, समचारधादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत ।

धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत ।

September 8, 2015१६७ पटक

धाद्र,२२ धादिङ ।
धादिङको जीवनपुरमा हिजो बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ६ जनाको सनाखत भएको छ ।
ज्यान गुमाउने सबै जीवनपुर ५ का रहेका प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ५५ वर्षिय प्रकास तिमल्सिना, ४० वर्षिया प्रमिला ढुंगाना, ५५ वर्षिया ठूलीकान्छी तामाङ, १९ वर्षिया रजिंता ढुंगाना, १९ वर्षिया अन्जु तामाङ र ५० वर्षिया कान्छी रेग्मीको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका ३३ जनाको काठमाण्डुमाा उपचार भैहरेको बताईएको छ । जसमध्ये दुर्घटनामा गम्भीर घाइते भएकाहरुको न्यूरो अस्पतालमा र अन्य १७ जना सामान्य घाईतेको वीर अस्पतालको ट्रमा सेन्टर र वीर अस्पतालमा तथा अरु घाइतेको विभिन्न अस्पतालमा उपचार भैहरेको छ ।
ललितपुरको गोदावरीमा मेला भरेर फर्केका तिर्थालु चढेको बा २ ख २३२१ नम्बरको बस हिजो जीवनपुर गाविसको चिउरीबोटमा सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण