राेशन ज्याेति ई..बाे. स्कुल गाेबरहियामा बिदाई कार्यक्रम
नन्दु यादव चैत५ बेलाटारी
राेशन ज्याेति ई बाे स्कुल गबरहियामा अाज कक्षा ८ काे बिद्यार्थी लाई बिद्यालय ले बिदाई गरेकाे छ। लामाे समय देखि पढदै अाएका बिद्यार्थी हरुलाई परीक्षा दिन जाने बेलामा बिदाई गरिएकाे छ।बिमलता गाैडकाे सभापतितब तथा शिक्षा प्रेमि रमेश चाैधरीकाे अतिथतामा कार्यक्रम सम्पन्न भएकाे हाे कार्यक्रम मा बिद्यालयका प्रिन्सिपल राेहित गाैड शिक्षक नागेन्द्र यादव ,साेनु सहानि बिद्यार्थी बिमला पहाडि मनिषा यादव लगायत ले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।कक्षा ८ सम्म रहेकाे बिद्यालयमा लगभग ४ सय बिद्यार्थी रहेका छन भने १५ जना शिक्षक सख्या रहेकाे छ। बि.स.२०६८ सालमा स्थापना भई ग्रामिण क्षेत्र काे शिक्षा बिकाश गरिने उदेश्य ले स्थापना गरिएकाे याे बिद्यालयमा यातायात, खानेपानी भाैतिक बाताबरण ले भरिपुर्ण रहेकाे छ ।जहदा,सरावल र बडहरा दुबाैलिया गा. बि. स .का बालबालिकाहरु अध्यन गर्न अाउछन।