गृहपृष्ठ » देवदह विशेष, राजनीति, समचार“स्थानिय निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई अवसर दिउ “- रज्जाक

“स्थानिय निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई अवसर दिउ “- रज्जाक

March 25, 2017६०९ पटक

उज्यालो लाल्टिन सम्बददाता,चैत्र १२, २०७३/ देवदह। लोकतन्त्रको संस्थागत, समानुपातिक बिकास र स्थानिय समस्याहरुको दिर्घकालिन समाधानका लागि स्थानिय निर्वाचन अपरिहार्य भएको बताउदै स्थानिय निर्वाचनमा हाम्रोले होइन राम्रोले मौका पाउनु पर्ने धारणा आज सम्पन्न एक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर एक सासंद अब्दुल रज्जाकले व्यक्त गरेका छन। 17498984_1807816222874647_6405916160043030588_nनेपाल महिला संघ देवदह र नेपाल तरुण दल देवदह १० को सयुक्त आयोजनामा देवदह १० चरङ्गेमा आज सम्पन्न वडा भेला कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन। नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति समेत रहेका रज्जाकले स्थानिय निर्वाचनमा आफ्नो पार्टीले जुझारु तथा योग्य प्रतिनिधिलाई छनोट गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन। कार्यक्रममा बोल्दै काङ्ग्रेस क्षेत्र नम्बर १ सभापती हिरा बहादुर खत्री, महा-समिती सदस्य जिवलाल पराजली, जिल्ला सदस्य बासुदेव रिमाल,महाधीवेशन प्रतीनिधी एक बहादुर सुनार, क्षेत्रीय प्रतिनिधि अमर लामिछाने, क्षेत्रिय प्रतिनिधि पदम बहादुर चन्डेल,नेपाली काङ्ग्रेस देवदह नगर समिती सभापती गुनाखर भुर्तेल, नेपाली काङ्ग्रेस वडा नम्बर १० सभापती बिष्णु बहादुर राना, लगायतका वक्ताहरुले स्थानिय बिकासका लागि आफु र आफु आबद्द पार्टी नेपाली काङ्ग्रेस सधैब कर्मनिष्ठ रहेको र रहने बताउदै, स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस जनताको रोजाइमा पर्ने र यद्दपी रोजाइमा नपरेता पनि बिकास र परिवर्तनको बिगुल फुक्ने कामबाट आफुहरु कतीपनी पछी नहटने प्रतिबद्दता जाहेर गरेका छन।स्थानिय बुद्धीजिवी एबम सर्वसाधरणको बाक्लो उपस्थिती रहेको कार्यक्रममा ५० भन्दा धेरै जनाले नेपाली काङ्ग्रेसको सदस्यता ग्रहण गरेका थिए। नेपाल महिला संघ देवदहका अध्यक्ष सिता क्षेत्रीको सभापतित्व, रुपन्देहि क्षेत्र नम्बर एक सासंद अब्दुल रज्जाकको प्रमुख आतिथ्यता र रुपन्देही क्षेत्र नम्बर १ सभापती हिरा बहादुर खत्रीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस देवदह वडा सचिव राजेन्द्र पराजुलीले गरेका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण