गृहपृष्ठ » मुख्य समाचार, समाचारहरुत्रिबेणी गाउपालिका लाई प्रदेश न ५ मा नराखे अान्दाेलनकाे अाधि बेहरी सृजना हुने: पुर्ब मन्त्री हृदेश त्रिपाठी

त्रिबेणी गाउपालिका लाई प्रदेश न ५ मा नराखे अान्दाेलनकाे अाधि बेहरी सृजना हुने: पुर्ब मन्त्री हृदेश त्रिपाठी

March 26, 2017४२० पटक

नन्दु यादव ,चैत१२ बेलाटारी
त्रिबेणी गाउपालिका लाई प्रदेश न५ मा राख्नु पर्ने पुर्ब मन्त्री हृदेश त्रिपाठी ले बताउनु भएकाे छ । अाज पकलिहवा मा भएकाे सर्बपक्षिय सघर्ष अभियान बिराेध सभामा बाेल्दै त्रिपाठिले त्रिबेणी गाउपालिका मा रहेकाे त्रिबेणीसुस्ता, कुडिया,रुपाैलिया, नरसहि ,पकलिहवालाई तत्काल प्रदेश न४ बाट हटाई प्रदेश न५ मा ल्याउनु पर्ने बताउनु भयाे ।प्रदेश न ५ काे मात्र लडाई नभई पुरै मधेशकाे लागि लडाई भएकाे उनले बताए ।तत्काल याे प्रदेश न५ मा नल्याए यहाँका जनता सडकबाट अान्दाेलनकाे अाधि बेहरी सृजना गरि मधेशकाे भुमि लाई अाफै कब्जा गर्ने वहाले जिकिर गर्नु भयाे। नारायणी नदिलाई लक्षित गरि याे खसबादिहरुले विभिन्न नाका खाेल्ने बहानामा याे क्षेत्रलाई प्रदेश न ४ मा राखि मधेशिहरु सग ठुलाे षड्यन्त्र भएकाे वहाले भन्नू भयाे। सर्बपक्षिय सघर्ष अभियान बिराेध सभा दिनेश यादव काे अध्यक्षता तथा पुर्ब मन्त्री हृदेश त्रिपाठीकाे अतिथतामा भएकाे कार्यक्रममा मा स्थानिय लख्खु यादव, रियाज अलि असारी असरफ चुरिहार त मलाेपाकाे केन्द्रीय सदस्य सुभान अलि असारी ,राष्ट्रिय मधेश समाजबादि फाेरम नेपालकाे जिल्ला अध्यक्ष धरेन्द्र यादव लगायतले बाेल्नु भएकाे थियाे।बिराेध सभाबाट माग पुरा नभए सम्म सडक अान्दोलन गर्ने निस्कर्ष निकालेकाे छ।अब विभिन्न चरणकाे अान्दाेलन गरिने युवा नेता लख्खु यादव ले बताउनु भयाे। मुख्य सिमाकन बटमलाईन रहेकाे मधेशकाे माग प्रति सरकार गम्भीर नभएकाले लामाे समय देखि मधेशमा अान्दाेलन चलिरहेकाे छ।संविधान घाेषणा भए देखि नै मधेशमा अशान्ति छाएकाे छ।करिब डेढ बर्षबाट मधेशि जनताहरुले मधेशकाे माग पूरा गराउनु पर्ने भन्दै विभिन्न चरण का अान्दोलन गर्दै अाईरहेका छन । मधेशि जनताहरुकाे माग पूरा गराउने भन्दा धेरै मधेशि युवाहरु अाफ्नाे ज्यानकाे बलिदानी दिईसकेका छन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण