बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने – रज्जाक।
उज्यालो लाल्टिन सम्बददाता,चैत्र १३, २०७३/ देवदह। बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने र यसका लागि स्थानिय देखी केन्द्रसम्मकै साथ र समर्थनको आवश्यक पर्ने धारणा आज सम्पन्न एक अनौपचारिक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर एक सासंद अब्दुल रज्जाकले व्यक्त गरेका छन। नेपाली काङग्रेस वडा नम्बर १० ले देवदह १० लढीयाबासमा आज आयोजना गरेको स्थलगत भ्रमण तथा भेटघाट कार्यक्रममा बोल्दै रज्जाकले उक्त धारणा व्यक्त गरेका हुन। कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सभापती हिरा बहादुर खत्री, महाधीवेशन प्रतीनिधी एक बहादुर सुनार, क्षेत्रीय प्रतिनिधि अमर लामिछाने, क्षेत्रिय प्रतिनिधि पदम बहादुर छन्तयाल, नेपाल तरुण दल देवदहका गणेश कामी, नेपालग काङ्ग्रेस देवदह नगर सदस्य खडक बहादुर सारु, नेपाली काङ्ग्रेस वडा नम्बर १० सभापती बिष्णु बहादुर राना,वडा सदस्य हस्त बहादुर थापा, लढियाबास खानेपानी तथा सरसफाइ समिती अध्यक्ष यम बहादुर थापा, लढियाबास टोल सुधार समिती भु.पु अध्यक्ष लील बहादुर थापा, जनजागृती आमा समुह लढियाबासका टिका थापा लगायतको उपस्थिती रहेको थियो। रज्जाकले चरङ्गे देखी बुटवल, भलुही र मुढाबास जोड्ने मार्गमा पर्ने खहरे खोला, रोहिणी खोला र हाल प्रयोगमा आएका पैदल मार्गको स्थलगत भर्मण गरी यि मार्गहरुमा निर्माण गर्नुपर्ने पुल तथा कल्भोट निर्माणमा आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्ने प्रतिबद्दता व्यक्त गरेका छ्न। स्थानिय युवा लील बहादुर थापा, नर बहादुर थापा लगायतका युवाहरुले स्थानिय समस्याहरुको बारेर प्रकास परेका थिए। कार्यक्रम ३० भन्दा धेरै जनाले नेपाली काङ्ग्रेसको सदस्यता ग्रहण गरेका थिए। कार्यक्रम क्षेत्रीय प्रतिनिधि अमर लामिछानेको सहजीकरण र भुमीसरा थापाको सञ्चालनमा सम्पन्न भएको थियो।