गृहपृष्ठ » अार्थिक, राजनीति, विशेषतिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

तिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

March 27, 2017३ पटक

चैत्र १४ , परासी ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा राख्नु भएको छ । दोस्रो संविधान सभाको चुनावमा तिवारी नवलपरासी क्षेत्र नम्बर ४ मा नेता कण्डेल बिरुद्धनै बागी उम्मेदवारी दिएका थिए भने राधेश्याम पाठकले निर्वाचन क्षेत्र नम्बर ५ मा बागि उम्मेदवारी दिएका थिए ।

अहिले तिवारी र पाठक गल्ती स्विकार गरी पार्टिमा दृढताका साथ काम गर्न आग्रह गरेकाले उनिहरुको कारवाही फुकुवाको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिफरिस गरेको उँहाले जानकारी दिनुभयो । कांग्रेसको हिजोवाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आफनो धारणा राख्ने क्रममा नेता कण्डेलले मधेसी मोर्चाले उठाएको मांगको सम्बोधनका लागि कांग्रेसले अझै बलका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ । नेता कण्डेलले कार्यपालिका र न्यापालिका बिच को सम्बन्ध , स्थानीय निकाय को सीमान्कन मा भएकोे धाधली , गाउँपालिका ÷ नगरपालिका को उम्मेदवार को मापदण्ड , पदाधिकारी को पुर्णता , भारतीय सिमा मा भारतीय रुपैया को सटही सुबिधा , चर्को ब्याज र रास्ट्रबैक बाट बैक लगानी मा लगाईएको नियन्त्रण लगायतका बिषयमा आफनो धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण