गृहपृष्ठ » खेलकुद, देवदह विशेष, मुख्य समाचार, समचारसंगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न ।

संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न ।

March 28, 2017८२६ पटक

 अमृत लम्साल, चैत्र १५, २०७३। देवदह। संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न भएको 17571420_1228612387237739_999985574_oछ। संगम युवा क्लब देवदह-०३, रुपन्देहीको आयोजनामा आजबाट देवदह सेमरहाना, सोइया टोल खेल मैदानमा सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिताको समुद्धघाटन कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष बिष्णु थापाको अध्यक्षता, नेपाली काङग्रेस क्षेत्रिय सभापती हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता, कल्बका सचिव बिष्णु ज्ञवालीको स्वागत र क्लबका सदस्य गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न समुद्धघाटन कार्यक्रमको पहिलो खेल बुद्ध युवा क्लब देवदह भलुही र पि .भि.सि. क्लब भुतहा, नवलपरासी बिच सम्पन्न भएको हो। बुद्ध युवा क्लब देवदह भलुहीको तर्फबाट खेलको ८२ औ मिनटमा जर्सी नम्बर सातका युवराज पुनले १ र खेलको अन्तिम १ मिनट बाँकी रहदा जर्सी नम्बर ९ का खेलाडी बिशाल पुनले १ गर्दै २-० गोलको अग्रताले बुद्ध युवा क्लब देवदह भलुही आजको खेलमा बिजयी भएको छ। आज सम्पन्न खलेमा पि .भि.सि. क्लब भुतहा, नवलपरासीका खेलाडी डेभिड थापा बेस्ट प्लेयर अफ द डे भएका छन। ढोरपाटन रियल स्टेट कम्पनीका प्रतीनिधी, श्याम सरु र अर्जुन जि.सी.को बिशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङग्रेस क्षेत्रिय उपासभापती लालबाबु चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सदस्य बोम बहादुर गुरुङ, नेपाली काङग्रेस महासमिती सदस्य जिबलाल पराजुली, नेपाली काङ्ग्रेस जिल्ला सदस्य बासुदेव रिमाल, नेपाली काङ्ग्रेस महाअधीवेशन प्रतीनिधी मणी प्रसाद शर्मा, नेपाली काङग्रेस क्षेत्रिय प्रतिनिधि अमर लामिछाने, नेपाली काङग्रेस नगर सभापती गुणाखर भुर्तेल, वडा सभापती यम बहादुर बुढाथोकी, जनप्रिय मा.वि देवदह भलुहीका विद्यालय व्यवस्थापन समिती अध्यक्ष केशब पराजुली, सृष्टि सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष हरी ज्ञवाली, स्थानिय समाजसेवी देव बहादुर थापा लगायतको उपस्थिती रहेको थियो।

समुद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम नेपाली काङ्ग्रेस क्षेत्रिय सभापती हिरा बहादुर खत्रीले खेलले मनोरञ्जन दिने मात्र होइन वर्तमान अवस्थामा कुलतको बाटोमा फसीरहेका युवाहरुलाई सही मार्गदर्शन गर्दै एक स्वास्थ्य समाजको निर्माणमा सहयोग पुर्याउने र खेलकुदको बिकासमा राज्यले स्थानिय सम्रचनालाई बलियो बनाए मात्र नेपालको राष्ट्रिय खेलकुदको सम्रचना बलियो हुन सक्ने धारणा व्यक्त गर्नु भएको थियो। क्लबका सदस्य मुकेश ज्ञवालीका अनुसार आजबाट सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिताको अन्तिम समापन खेल २०७४ बैशाख १ गते हुनेछ। जम्मा १८ टिमले सहभागीता जनाएको संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता २०७३ मा भोलीको खेल नवदुर्गा युवा क्लब कटानि र नवज्योती युवा क्लब ४ नम्बर बिच हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण