मधेशीमाेर्चा द्वारा निर्वाचन कार्यालय घेराउ।
नन्दु यादव,चैत१५ बेलाटारी
सयुक्त लाेकतान्त्रिक मधेशीमाेर्चा नवलपरासीका कार्यकर्ता ले अाज जिल्ला निर्वाचन कार्यालय नवलपरासी घेराउ गरेका छन।माेर्चाकाे केन्द्रीय कार्यक्रम अनुसार अाज विभिन्न जिल्लामा रहेकाे जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएकाे मधेशीमाेर्चाले जनाएकाे छ।संविधान ससाेधान नगरि मधेशीहरुकाे माग लाई बेवास्ता गर्दै सरकारले स्थानिय निकायकाे निर्वाचन मिति ताेकेकाे कारणले मधेशीमाेर्चा असन्तुष्ट हुँदै अाएका छन।मधेशकाे माग सम्बाेधन नभए सम्म मधेशमा निर्वाचन हुन नदिने माेर्चाका जिल्ला समयाेजक मुकुरजि गिरि बताउनु भयाे।तमलाेपाकाे जिल्ला पार्टी कार्यालयबाट निस्केकाे जुलुस जिल्ला निर्वाचन कार्यालयमा पुगि धर्ना दिएका थिए ।हजाराैकाे सख्यामा निस्केको मधेशीमाेर्चा का कार्यकरताहरु ले सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।कुनै पनि किसिमकाे घटना हुन नदिन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले कडा सुरक्षाकाे ब्यवस्था मिलाएकाे थियाे।