गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचारसुर्यले जित्यो नवदुर्गालाई।

सुर्यले जित्यो नवदुर्गालाई।

March 29, 2017६१९ पटक

देवदह, चैत,१६/अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा नवदुर्गा युवा क्लब कटानी, तिलोत्तमालाई सुन्यका बिरुद्ध एक गोलको अग्रताले सुर्य युवा क्लब सुनवल,०४ नवलपरासी बियजी भएको छ।17580043_1229531143812530_57709285_n सेमरहाना, सोइया टोल खेल मैदानमा हिजोबाट सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा सुर्य युवा क्लब सुनवल-०४, नवलपरासी बिजयी भएको हो। खेलको ६२ औ मिनेटमा सुर्य युवा क्लबका टिम कप्तान जर्सी नम्बर ८ का हरी गुरुङले गरेको गोलले नै नवदुर्गा युवा क्लबलाई पछी पारेको हो। नवदुर्गा युवा क्लब तिलोत्तमाका जर्सी नम्बर १० का खेलाडी भुवन गाह र सुर्य युवा क्लबका जर्सी नम्बर १२ का खेलाडी सोम बहादुर घले खेल मैदान भित्र अमर्यादीत भएको भन्दै रेफ्रीले रातो कार्ड दिएपछी दुबै टिम जम्मा १० -१० खेलाडीमा सिमित भएका थिए। खेलको सुरुवातदेखी नै अट्याकिङ्ग खेलीरहेको नवदुर्गा युवा क्लबले मिड डिफेण्डर भुवन गाहलाई गुमाए लगत्तै सुर्य युवा क्लबले गोल गर्न सफल भएको थियो। आज भएको दोस्रो दिनको दोस्रो खेलमा सुर्य युवा क्लबका तर्फबाट जर्सी नम्बर २ का खेलाडी अरुण लामा, जर्सी नम्बर १६ का खेलाडी नवराज थापा, जर्सी नम्बर ७ का खेलाडी वविन पारीयार त्यस्तै नवदुर्गा युवा क्लबका तर्फबाट जर्सी नम्बर १ का गोल किप्पर समिर मिया र जर्सी नम्बर १० का खेलाडी भुवन गहाले मैदान भित्र रहदा पालना गर्नु पर्ने निती नियम उल्लंघन गरेको भन्दै एल्लो कार्ड पाएका थिए। आज सम्पन्न भएको खेलमा नवदुर्गा युवा क्लब तिलोत्तमा रुपन्देहीका जर्सी नम्बर ११ का खेलाडी जमिर मिया बेस्ट प्लेयर अफ द डे घोषित भएका थिए। एन्फा ब्याज होल्डर बिक्की राना खेलको मैदान रेफ्री, अफिसियलमा प्रदिप थापा, लाइन्स मेनमा राहुल थापा र सन्तोष घले रहेको आयोजक समुह संगम युवा क्लबका सदस्य मुकेश ज्ञवालीले जानकारी गराउनु भयो। आयोजक समुह संगम युवा क्लबकै सदस्य गणेश न्यौपानेका अनुसार भोलीको खेल महामाया युवा क्लब देवदह र आयोजक समुह संगम युवा क्लब देवदह बिच हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण