गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचारबिजय युवा क्लबको बिजय सुरु, संगम युवा क्लब “बि”बाहिरियो प्रतियोगिताबाट।

बिजय युवा क्लबको बिजय सुरु, संगम युवा क्लब “बि”बाहिरियो प्रतियोगिताबाट।

March 30, 2017६४५ पटक

देवदह, चैत,१७ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा बिजय युवा क्लब, बिजयपुरले आफ्नो बिजय सुरुवात गरेको छ। आयोजक संगम युवा क्लब “बि” लाई टाइब्रेकरमा २ का बिरुद्ध ४ गोलले पछी पार्दै आफ्नो बिजय सुरु गरेको हो।17619524_1230491217049856_1259026387_n संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट प्रतियोगिताको आज तेस्रो दिनको तेस्रो खेलमा संगम युवा क्लब देवदह सेमरहाना र बिजय युवा क्लब देवदह, बिजयपुर भिडेका थिए। पहिलो हाफको २० औ मिनेटमा संगम युवा क्लब “बी” को तर्फबाट काउन्टर अट्याक गर्दै जर्सी नम्बर ५ का खेलाडी रमेश दर्लामीले पहिलो गोल गरेपछी बिजय युवा क्लब निकै दवाबमा आएको थियो। पहिलो हाल्फकै २५ औ मिनेटमा जवाफ स्वरुप जर्सी नम्बर ७ का फरवार्डिङ खेलीरहेका खेलाडी पृथ्वी आलेले दिएको पास बलको सही सदुप्रयोग गर्दै जर्सी नम्बर १७ का दुर्गा कुवरले बिजय युवा क्लबको तर्फबाट १ गोल गर्न सफल भएपछी बिजय युवा क्लब पुन खेलमा फर्किएको थियो। खेलको अन्तिम समयसम्म पनि १-१ गोल मै सिमित दुबै टिमले अतिरिक्त समयमा पनि कुनै अंक जोड्न नसके पछी खेल टाइब्रेकरमा पुगेको थियो। टाइ ब्रेकरमा संगम युवा क्लब “बी” को तर्फबाट जर्सी नम्बर २० का नविन कुवर र जर्सी नम्बर ८ का सन्जयले मात्र आफ्नो टिमको लागि अंक जोडन सफल भएका थिए। संगम युवा क्लब “बी” को तर्फबाट टाइ ब्रेकरमा प्रहार गर्ने मौका पाएका बाँकी तीन खेलाडि बिफल भएपछी बिजय युवा क्लबको तर्फबाट जर्सी नम्बर ६ का खेलाडी चित्र बहादुर चौधरी, जर्सी नम्बर ८ का खेलाडी तुल बहादुर चौधरी, जर्सी नम्बर ११ का खेलाडी प्रवीन चौधरी, र जर्सी नम्बर ५ का खेलाडी अनिल चौधरीले टाइब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै आफ्नो टिमलाई बिजयी गराएका हुन। आज भएको खेलमा मैदान भित्र रहदा पालना गर्नुपर्ने निती नियमको पालनामा चुकेको भन्दै रेफ्री बिक्की रानाले संगम युवा क्लब “बी” का जर्सी नम्बर १२ का खेलाडी मन बहादुर चौधरीलाई एल्लो कार्ड दिएका थिए। आज सम्पन्न खेलमा बेस्ट प्लेयर अफ द डे आयोजक समुह संगम युवा क्लब “बी” का जर्सी नम्बर १ का गोलकिप्पर बिनोद हिस्की घोषित भएका छन। संगम कप २०७३ नकआउट प्रतियोगिताका खेल संयोजक श्री प्रसाद थापाले उज्यालो लाल्टिनका सम्बाददाता मार्फत चैत्र १५ बाट सञ्चालित संगम कप २०७३ नकआउट प्रतियोगिता अपेक्षा भन्दा पनि धेरै रोमाञ्चक र मर्यादित ढंगबाट सञ्चालन भएको भन्दै सुरक्षा व्यवस्थामा सहयोग पुर्याएको खैरेनी प्रहरी चौकी लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयो। भोलीको खेल एम.वाइ.सि क्लब टटेरा र शिव मन्दिर युवा क्लब जवानी बिच हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण