गृहपृष्ठ » देवदह विशेष, समचारशैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

April 2, 2017४४६ पटक

अमृत लम्साल, चैत्र २०/ देवदह। बिद्यालयको शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम आज जनप्रिय मा.बि. देवदह, भलुहीमा सम्पन्न भएको छ । जनप्रिय मा.बि. बिद्यालय व्यवस्थापन समिती, अभिभाव17457537_1233393873426257_387033217661555356_nक, भुतपुर्व बिद्यार्थी, स्थानिय समाजसेवी तथा बुद्धीजिवीहरुको उपस्थीती रहेको कार्यक्रममा देवदह भलुहीको एउटा ईतिहास बोकेको बिद्यालय जनप्रिय मा.बि.को थप भौतिक र शैक्षिक बिकास कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा बृहत छलफल गरिएको थियो। जनप्रिय मा.बि. बिद्यालय व्यवस्थापन समिती अध्यक्ष केशब पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जनप्रिय मा.बि.बिद्यालय व्यवस्थापन समिती भुपु अध्यक्ष, टेक बहादुर न्यौपाने, ॠषिराम सापकोटा, झकर बहादुर पुन, राम प्रसाद सापकोटा, युवा उद्यमी हिरा बहादुर खत्री, भु.पु शिक्षक इश्वर पौडेल, दिपक काफ्ले, उमाकान्त अर्याल, अभिभावक राधिका काफ्ले, भुपु बिद्यार्थी मंगल विश्वकर्मा, बिद्यालय व्यवस्थापन समिती सदस्य टेक बहादुर विश्वकर्मा र बिष्णु थापा  लगायतका वक्ताहरुले जनप्रिय मा.बि.को भौतिक एबम शैक्षिक बिकास क्रमिक रुपमा भएको र थप बिकासको लागि आफुहरु आफ्नो तर्फबाट सधैंब लागिरहने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। स्वर्गिय गौराज पुन मगरको अध्यक्षतामा स्थापना भएको जनप्रिय मा.बि. बिद्यालय व्यवस्थापन समितीमा १७ औ पटक अध्यक्षता परिवर्तन हुँदै हाल केशब पराजुलीको अध्यक्षता रहेको छ। जम्म ३७५ जना बिद्यार्थी रहेको जनप्रिय मा.बि. देवदह, भलुहीमा कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, इन्टरनेट सहितको स्मार्ट बोर्ड लगायतको साहयताले आधुनिक निती अनुरुप दैनिक अध्ययन गराइएको कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानध्यापक गायत्री खरेलले बताउनु भयो। त्यस्तै कार्यक्रममा बोल्दै शिक्षक श्याम थापाले हालसालै सम्पन्न एस.इ.इ. परिक्षामा जनप्रिय मा.बि.को तर्फबाट जम्मा ५२ जना बिद्यार्थी सहभागी भएको र सकारात्मक नतिजाको अपेक्षामा आफुहरु रहेको जानकारी गराउनु भयो। सम्पन्न कार्यक्रममा पुन मेडीकल भलुहीका सञ्चालक जसु पुनले प्रथामिक उपचारको सामाग्री बिद्यालयलाई प्रदान गर्नु भएको थियो। कार्यक्रमको समिक्षा गर्दै जनप्रिय मा.बि. व्यवस्थापन समितीका अध्यक्ष केशब पराजुलीले समस्त भलुही बासीको निरन्तर सहयोग पाइरहेको खण्डमा बिद्यालयलाई यस् क्षेत्रकै एक नमुना बिद्यालयको रुपमा स्थापित गराउन आफु अहोरात्र लागिरहने धारणा व्यत गर्नु भएको थियो।

17634437_1233393763426268_1327566566717915641_n

 जनप्रिय मा.बि भलुहीमा रहेको बिज्ञान प्रयोगशाला

जनप्रिय मा.बि भलुहीमा रहेको कम्प्युटर ल्याब

   जनप्रिय मा.बि भलुहीमा रहेको कम्प्युटर ल्याब

जनप्रिय मा.बि भलुहीमा रहेको इन्टरनेट सहितको स्मार्ट बोर्ड

 जनप्रिय मा.बि भलुहीमा रहेको इन्टरनेट सहितको स्मार्ट बोर्ड

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण