गृहपृष्ठ » खेलकुद, देवदह विशेषकम्जोर डिफेण्डरको उठायो फाईदा संगमले, नव ज्योतिलाई हराउदै संगम “ए” दोस्रो चरणमा प्रवेश (भिडियो सहित )

कम्जोर डिफेण्डरको उठायो फाईदा संगमले, नव ज्योतिलाई हराउदै संगम “ए” दोस्रो चरणमा प्रवेश (भिडियो सहित )

April 2, 2017६६ पटक

देवदह/ चैत,२० अमृत लम्साल।  संगम कप २०७३ अन्तर्गत आजको खेलमा संगम युवा क्लब “ए” सेमरहाना, देवदहले नव ज्योति युवा क्लब असनैया, नवलपरासीलाई सुन्यको बिरुद्ध २ गोलले हराउदै आफ्नो बिजय सुरुवात गरेको छ। 17757835_1233761156722862_326734350_nसंगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट प्रतियोगिताको आजको खेलमा संगम युवा क्लब “ए” देवदह सेमरहाना र नव ज्योति युवा क्लब असनैया नवलपरासी भिडेका थिए। खेल सुरु भएको ३ औ मिनेटमा संगम युवा क्लब “ए” को तर्फबाट जर्सी नम्बर ९ का खेलाडी सुर्य थापाले दिएको पासलाई सही सदुप्रयोग गर्दै जर्सी नम्बर १० का खेलाडी बिष्णु बि.क ले गोल गर्न सफल भएका थिए। डिफेण्डरको तालमेलको कमीका कारण भएको पहिलो गोलबाट नै दबाबमा खेली रहेको नव ज्योति युवा क्लबले खेलको अन्तीम समयसम्म नै राम्रो पर्दशन गरेता पनि कुनै गोल गर्न सफल हुन सकेन। दोस्रो हाफको १ मिनेट बाँकी रहदा संगम युवा क्लबका खेलाडी जर्सी नम्बर ११ का बिकल गुरुङले गरेको दोस्रो गोलले संगम युवा क्लब “ए” लाई नव ज्योति युवा क्लब असनैया, नवलपरासीलाई हराउदै दोस्रो चरण प्रवेश गर्न सहजता थपीदिएको थियो। आज भएको खेलमा मैदान भित्र रहदा पालना गर्नुपर्ने निती नियमको पालनामा चुकेको भन्दै रेफ्री बिक्की रानाले नव ज्योति युवा क्लबका खेलाडी जर्सी नम्बर १0 का अमृत सुनारलाई एल्लो कार्ड दिएका थिए। संगम कप २०७३ नकआउट प्रतियोगिताका खेल संयोजक श्री प्रसाद थापाले उज्यालो लाल्टिनका सम्बाददाता मार्फत चैत्र १५ बाट सञ्चालित संगम कप २०७३ नकआउट प्रतियोगितामा मुख्य प्रायोजन गरिदिने माननिय सासंद अब्दुल रज्जाक एबम नेपाली काङ्रग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सभापती हिरा बहादुर खत्री, सह-प्रायोजक स्थानिय समाजसेवी द्वय अर्जुन जि.सी र श्याम थापा तथा प्रायोजन गरिदिने ढोरपाटन रियल स्टेट कम्पनी लागायतका सहयोग दाताहरुमा आभार प्रकट गर्नु भएको थियो। भोलीको खेल डि युनिट युवा क्लब देवदह, खैरेनी र नव ज्योति युवा क्लब कुकुरमारा, नवलपरासी बिच हुने आयोजक समुहका सदस्य गणेश न्यौपानेले जानकारी गराउनु भयो ।

खेलको केही अंश हेर्नुस् भिडियोमा, भिडियो हेर्न यहाँ Click गर्नु होला

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण