गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचारसुन्यका बिरुद्ध चार गोल गर्दै डि युनिट युवा क्लब देवदह, खैरेनी दोस्रो चरणमा प्रवेश

सुन्यका बिरुद्ध चार गोल गर्दै डि युनिट युवा क्लब देवदह, खैरेनी दोस्रो चरणमा प्रवेश

April 3, 2017७४ पटक

देवदह/ चैत,२१ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा डि युनिट युवा क्लब खैरेनीले स्टार स्पोर्ट क्लब ६ नम्बर देवदहलाई सुन्यका बिरुद्ध ४ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट 17759949_469219516742979_7616004262611339814_nप्रतियोगिताको आजको खेलमा डि युनिट युवा क्लब खैरेनी, देवदह र स्टार स्पोर्ट क्लब ६ नम्बर देवदह भिडेका थिए। खेल सुरु भएको १७ औ मिनेटमा डि युनिट युवा क्लब खैरेनीका जर्सी नम्बर १९ का खेलाडी जोयल गुरुङले गरेको पहिलो गोलको कारण नै दबाबमा खेलीरहेको स्टार स्पोर्ट क्लब ६ नम्बर देवदहले खेलको अन्तिम समय सम्म पनि कुनै गोल गर्न सकेन। सुरुदेखी नै अट्याकिङ खेलीरह्को डि युनीट युवा क्लबका फर्वाडहरुलाई स्टार स्पोर्ट क्लबका डिफेण्डरले रोक्न नसकेपछी दोस्रो हाफमा लगातार तीन गोल थप्दै सुन्यका बिरुद्द ४ गोलले डि युनिट युवा क्लब बिजयी भएको हो। चैत्र १५ देखी सञ्चालित सगम कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको आज सम्पन्न सातौ दिनको सातौ खेल सम्ममा डि युनिट क्लबले आज गरेको ४ गोल नै अधिक्तक गोल रहेको आयोजकले बताएका छन। यो जित संगै डि युनिट युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ भने स्टार स्पोर्ट क्लब प्रतियोगिताबाट नै बाहिरीएको छ। संगम कप २०७३ नकआउट प्रतियोगिताका खेल संयोजक श्री प्रसाद थापाका अनुसार भोलीको खेल भैंरव युवा क्लब बर्दघाट नवलपरारी र चरङ्गे युवा क्लब देवदह, चरङगे बिच हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण