गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधान विधेयकमाथि आज पनि छलफल हुने ।।

संविधान विधेयकमाथि आज पनि छलफल हुने ।।

September 9, 2015१८८ पटक

 

भाद्र,२३ काठमाण्डौ ।
संविधानसभामा संविधानको परिमार्जित विधेयक २०७२ मा परेको संसोधन प्रस्तावमाथीको आज पनि छलफल हुने भएको छ ।
छलफलमा नाम टिपाएका सभासदहरुले विधेयक मस्यौदामाथि धारणा राख्ने छन् । बैठकमा परिमार्जित विधेययकमाथी संसोधन दर्ता गराउने सभासदले संसोधन दर्ता गराउनुको औचित्य पुष्टि गरेका छन् ।
बाँकी रहेका संसोधनकर्ताले थप धारणा राखेपछि भनाई राख्न सुरु हुनेछ । संविधानसभाको बैठक बिहान साढे १० बजे बोलाइएको छ । मधेसवादी सबै दलहरुले भने संविधानसभाको प्रक्रिया बहिस्कार गरेका छन् । प्रमुख दलभित्र प्रक्रियामा असन्तुष्ट पक्षलाई समेट्न दवाव परेको छ । दलहरुले फोरक लोकतान्त्रिकलगायतका दलहरुलाई समेट्न आज पनि छलफल गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण