गृहपृष्ठ » खेलकुद, देवदह विशेषरोकीयो चरङगे युवा क्लबको संगम यात्रा पहिलो चरण मै – (भिडीयो सहित)

रोकीयो चरङगे युवा क्लबको संगम यात्रा पहिलो चरण मै – (भिडीयो सहित)

April 4, 2017१३३ पटक

देवदह/ चैत,२२ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा भैंरव युवा क्लब, बर्दघाट, नवलपरासीले चरङ्गे युवा क्लब देवदह रुपन्देहीलाई एक गोलको बिरुद्ध २ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। 17757984_1235784683187176_1690215504_n संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज भएको आठौ दिनको आठौ खेलमा भैंरव युवा क्लब, बर्दघाट, नवलपरासी र चरङ्गे युवा क्लब देवदह, रुपन्देही भिडेका थिए। खेल सुरु भएको १३ औ मिनेटमा चरङ्गे युवा क्लबका खेलाडीले आफ्नै सानो डि एरिया भित्र ह्याण्ड गरेपछी प्येनाल्टी प्रहार पाएको भैंरव युवा क्लबलाई यो अवसर नै जितका लागि सहज बनीदियो। प्लेनाल्टी प्रहारमा भैरव युवा क्लबका जर्सी नम्बर १३ का टिम कप्तान विदुर सिंहको प्रहार गोलमा परीणत भएपछी चरङगे युवा क्लब दबाबमा आएको थियो। थप दबाब दिदै पहिलो हाफको २५ औ मिनेटमा भैंरव युवा क्लबका जर्सी १० का खेलाडी भुपेन गहाले दिएको पास बलको सही सदुप्रयोग गर्दै जर्सी नम्बर १६ का खेलाडी सोनम सारु मगरले गरेको गोलले नै भैरव युवा क्लबलाई जितको नजिक पुराएको थियो। दोस्रो हाफको सुरुवात देखी डिफेन्डीङग खेलेको भैंरव युवा क्लबका बलिया डिफेण्डर नै ठुलो चुनती बनीदियो चरङ्गे युवा क्लबलाई। खेलको अन्तिम समयसम्म कुनै उपलब्धीमुलक प्रहार गर्न नसकेको चराङगे युवा क्लबले खेल सकिन मात्र २ मिनेट बाँकी रहदा चरङ्गे युवा क्लबका जर्सी नम्बर ३ का खेलाडी दिपश गाहले दिएको पास बलको सही सदुप्रयोग गर्दै जर्सी नम्बर ७ का खेलाडी कृष्ण आलेले गरेको गोलले चरङ्गे युव क्लबलाई खेलमा जिताउन नसके पनि शुन्यमै सिमित राखेन। आज भएको खेलमा मैदान भित्र रहदा पालन गर्नु पर्ने निती नियमको पालना नगरेको भन्दै भैंरव युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी अलिन शर्मालाई खेलका रेफ्री सन्तोष आलेले एल्लो कार्ड दिएका थिए। त्यस्तै आज भएको खेलमा उत्कृष्ट पर्दशन गर्न सफल खेलाडी चरङगे युवा क्लबा जर्सी नम्बर ७ का कृष्ण आले बेस्ट प्लेयर अफ द डे घोषित भएका छ्न। चैत्र १५ बाट सञ्चालित संगम युवा क्लब नकआउट फुटबल प्रतियोगितामा हालसम्म भएको खेलमा पि वाइ सि युवा क्ल्ब, भुतहालाई हराउदै बुद्ध युवा क्लब, भलुही, नवदुर्गा युवा क्लब कटानीलाई हराउदै सुर्य युवा क्लब ४ नम्बर, एकता युवा क्लब शिवपुरलाई हराउदै देशभक्त युवा क्लब भुतहा, नव ज्योति युवा क्लब असनैयालाई हराउदै आयोजक संगम युवा क्लब “ए” सेमरहाना, स्टार स्पोर्ट क्लब ६ नम्बर देवदहलाई हराउदै डि युनिट युवा क्लब, संगम युवा क्लब “बी ” सेमरहानालाई हराउदै बिजय युवा क्लब बिजयपुर, चरङगे युवा क्लब देवदहलाई हराउदै भैंरव युवा क्लब बर्दघाट र शिव मन्दिर युवा क्लब जवानीलाई नेट गोल प्रकृयाबाट हराउदै एम वाइ सि युवा क्लब टटेरा,गरी जम्मा ८ खेलबाट ८ समुह दोस्रो चरणको खेलमा प्रवेश गरेका छन। पहिलो चरणको अन्तिम खेल भोली मुनलाइट युवा क्लब मक्रहर र सुनवल युव क्लब सुनवल बिच हुने आयोजक समुह संगम युवा क्लबका सदस्य मुकेश ज्ञवालीले जानकारी गराउनु भयो।

खेलको संक्षिप्त भिडियो हेर्न यहाँCLICK गर्नुहोला।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण