इसाई धर्मगुरु कार्डिन्ल फिलोनी नेपाल आउने ।।
भाद्र,२३ काठमाण्डौ ।
नयाँ संविधानमा धर्म निरपेक्षता र हिन्दु धर्म सम्बन्धी विवाद उठिरहेका बेला इसाई धर्मगुरु कार्डिनल फर्नान्डो फिलोनी अर्को साता नेपाल आउनुहुने भएको छ ।
भदौ २९ गते फिलोनी नेपाल आउने रोमन क्याथोलिक चर्चको हेडक्वार्टर रहेको देश भ्याटिकन सिटीबाट सञ्चालित रेडियो भ्याटिकनले आज औपचारिक जानकारी दिएको हो । कार्डिनलले काठमाडौँमा सरकारी अधिकारीहरुलाई भेट्नुका साथै भूकम्पबाट प्रभावित ठाउँहरुमा खटिएका इसाई समूहलाई पनि भेट्ने कार्यक्रम छ ।