गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचार१ का बिरुद्ध २ गोल गर्दै मुन लाईट युवा क्लब भु.पु सैनिक क्वाटर सेमी फाइनमा प्रवेश ।

१ का बिरुद्ध २ गोल गर्दै मुन लाईट युवा क्लब भु.पु सैनिक क्वाटर सेमी फाइनमा प्रवेश ।

April 6, 2017२९७ पटक

देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत हिजो सम्पन्न खेलमा सुनवल 17820819_1237610939671217_2067176910_nयुवा क्लब, सुनवलाई १ गोलका बिरुद्ध २ गोलले हराउदै मुन लाईट युवा क्लब भु.पु सैनिक, मक्रहर बिजयी भएको छ। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा हिजो भएको पहिलो चरणको अन्तीम खेलमा मुन लाईट युवा क्लब, मक्रहर र सुनवल युवा क्लब, सुनवल भिडेका थिए। खेलको ५ औ मिनेटमा मुन लाईट युवा क्लबका जर्सी नम्बर १२ का बिबेक पाण्डेले सुनवल युवा क्लबका बलिया डिफेण्डरहरुलाई चुनौती दिदै डि एरिया भित्रबाट गरेको प्रहार गोलमा परीणत भएपछी सुनवल युवा क्लब दबाबमा आएको थियो। १ गोल लगत्तै डिफेण्डिङ खेल्न सुरु गरेको मुन लाईट युवा क्लब मक्रहरलाई जवाफ स्वरुप सुनवल युवा क्लब, सुनवलका जर्सी नम्बर १५ का सुनिल थापाले खेलको १५ औ मिनेटमा गोल गर्न सफल भएपछी खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। पहिलो हाफको अन्तिम समय सम्म पनि दुबै टिमको तर्फबाट १-१ गोलमै सिमित खेलको स्वरुप बदलियो जब मुन लाईट युवा क्लबका जर्सी नम्बर ६ का खेलाडी पुरन भण्डारीले पहिलो हाफको अन्तिम २ मिनेटमा निकै अप्रत्यासित गोल गर्न सफल भए सुनवल युवा क्लबका बिरुद्ध। दोस्रो हाफको अन्तिम समय अवधीसम्म पनि १ का बिरुद्ध २ गोलको अग्रतामा खेलीरहेको मुन लाईट युवा क्लब मक्रहरको यो अग्रता तोडन सकेन सुनवल युवा क्लब, सुनवलले र बाहिरियो प्रतियोगिताबाट नै। खेल मैदानमा रहदा पालना गर्नुपर्ने निती नियमको उल्लङघन गरेको भन्दै रेफ्रीले सुनवल युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी निरज थापा र मुन लाईट युवा क्लबका जर्सी नम्बर ४ का खेलाडी रुपेन गुरुङलाई एल्लो कार्ड दिएका थिए। संगम कप २०७३ को पहिलो चरणको अन्तिम खेलको बेस्ट प्लेयर अफ द डे सुनवल युवा क्लबका जर्सी ५ का खेलाडी कमल गुरुङ् घोषित भएका छन। आयोजक सदस्य मुकेश ज्ञवालीका अनुसार संगम कप २०७३ अन्तर्गतको दोस्रो चरणको पहिलो खेल आज सुर्य युवा क्लब ४ नम्बर र एम.वाइ.सी युवा टटेराका बिच हुनेछ। हिजो समपन्न संगम कप २०७३ को पहिलो चरणको अन्तिम खेलमा बिजयी भएर क्वाटर सेमी फाइनलमा प्रवेश गरेको मुन लाइट युवा क्लब, मक्रहरको प्रतिद्वन्दीको रुपमा बुद्ध युवा क्लब भलुही रहेको र यि दुई समुह यही चैत्र २५ गते सेमी फाइनका लागि भिड्ने खेल संयोजक श्री थापाले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण