मायादेवी युवा क्लब देवदह, टटेरालाई हराउदै सुर्य युवा क्लब नवलपरासी सेमीफाइलमा ।
देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आज सम्पन्न दोस्रो चरणको पहिलो खेलमा सुर्य युवा क्लब ८ नम्बर, नवलपरासी सुन्यका बिरुद्ध १ गोल गर्दै बिजयी भएको छ। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो चरणको पहिलो खेलमा सुर्य युवा क्लब ८ नम्बर नवलपरासी र मायादेवी युवा क्लब देवदह, टटेरा भिडेका थिए। खेलको १३ औ मिनेटमा सुर्य युवा क्लबका जर्सी नम्बर १६ का खेलाडी नमाराज थापाले दिएको पासमा जर्सी नम्बर ७ का खेलाडी सुरज गुरुङले सुर्य युवा क्लबको तर्फबाट गोल गर्न सफल भएपछी मायादेवी युवा क्लब देवदह, टटेर सुन्यका बिरुद्ध १ गोलले पछी परेको थियो। खेलको अन्तिम समयसम्म पनि मायादेवी युवा क्लब टटेराले गरेका अनेकै प्रयास गोलमा पारीणत हुन नसकेपछी सुर्य युवा क्लब ८ नम्बर नवलपरासी १ गोलका अग्रताले नै बिजयी भएको हो। आज सम्पन्न खेलमा बिजयी भएको सुर्य युवा क्लब प्रतियोगिताको तेस्रो चरणको पहिलो खेल ” सेमी फाइनलमा” प्रवेश गरेको छ भने मायादेवी युवा क्लब टटेरा प्रतियोगिताबाट बाहिरिएको छ। खेल मैदानमा रहदा पालना गर्नुपर्ने निती नियमको उल्लङघन गरेको भन्दै रेफ्रीले मायादेवी युवा क्लबका जर्सी नम्बर ४ का अशोक पुन, त्यस्तै सुर्य युवा क्लबका जर्सी नम्बर ८ का हरी गुरुङ र् जर्सी नम्बर २ का अरुण लामालाई एल्लो कार्ड दिएका थिए। संगम कप २०७३ को दोस्रो चरणको पहिलो खेलको बेस्ट प्लेयर अफ द डे मायादेवी युवा क्लबका जर्सी नम्बर १० का खेलाडी निर थापा घोषित भएका छन। खेल संयोजक श्री थापा मगरका अनुसार चैत्र १५ गतेबाट सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणको दोस्रो खेल भोली बुद्ध युवा क्लब भलुही र मुन लाइट युवा क्लब मक्रहर, भु.पु सैनिक बिच हुनेछ।