गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचाररोकियो मुनलाईटको संगम यात्रा, बुद्धले गर्‍यो प्रि सेमीफाइनलमा प्रवेश।

रोकियो मुनलाईटको संगम यात्रा, बुद्धले गर्‍यो प्रि सेमीफाइनलमा प्रवेश।

April 7, 2017६८ पटक

देवदह/ चैत,२५, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो चरणको दोस्रो खेलमा १ गोलका बिरुद्ध ४ गोल गर्दै बुद्ध युवा क्लब, देवदह, भलुही फ्री सेमीफाइनलमा प्रवेश गरेको छ।17796248_471713463160251_4956571785385026965_n संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज बुद्ध युवा क्लब देवदह, भलुही र मुन लाईट युवा क्लब, भु.पु. सैनिक मक्रहर भिडेका थिए। खेल सुरु भएको २ औ मिनेटमा बुद्ध युवा क्लबका जर्सी नम्बर ८ का खेलाडी सागर परीयारको सेनटर पास बालको सही सदुप्रयोग गर्दै डिफेण्डरहरुलाई कडा चुनौती दिएर जर्सी नम्बर ७ का खेलाडी युवराज पुनले गरेको प्रहार गोलमा परीणत भएपछी मुन लाईट युवा क्लब दबाबमा आएको थियो। खेलको १३ औ मिनेट सम्म सुन्यका बिरुद्ध १ गोलको अग्रताका साथ अट्याकिङ खेलीरहेको बुद्ध युवा क्लबका तर्फबाट जर्सी नम्बर १४ का टिम कप्तान अमित गुरुङले दिएको पासलाई जर्सी नम्बर ६ का खेलाडी बसन्त के.शी ले गोलमा परीणत गर्न सफल भएपछी पहिलो हाफ सम्म बुद्ध युवा क्लब शुन्यका बिरुद्ध २ गोलको अग्रतामा खेलीरहेको थियो। दोस्रो हाफको ७ औ मिनेटमा पुन: बुद्ध युवा क्लबका तर्फबाट टिम क्प्तान अमित गुरुङले दिएको सेन्टर पास बललाई जर्सी नम्बर ८ का खेलाडी सागर पारीयारले हेड गोल गर्न सफल भएपछी खेल बुद्ध युवा क्लबको पक्षमा रहयो। बलियो डिफेन्डिङ लाइन र उस्तै फर्वार्डिङ अट्याकमा खेलीरहेको बुद्ध युवा क्लबको तर्फबाट खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ९ का खेलाडी बिशाल पुनले दिएको पासमा जर्सी नम्बर १० का खेलाडी अनिल क्षेत्रिले गोल गर्न सफल भएपछी बुद्ध युवा क्लबले शुन्यका बिरुद्ध ४ गोलको अग्रता खेलको अन्तिम समय सम्ममै कायम राख्न सफल भएको थियो। मुन लाईट युवा क्लब भु.पु सैनिक मक्रहरको तर्फबाट खेलको ५८ औ मिनेटमा जर्सी नम्बर ५ का खेलाडी संकर राइले १ गोल गर्न सफल भएका थिए। आज सम्पन्न खेलमा खेल मैदानमा रहदा पालना गर्नुपर्ने निती नियमको उल्लङघन गरेको भन्दै रेफ्रीले मुन लाईट युवा क्लबका जर्सी नम्बर ८ त्यस्तै जर्सी नम्बर ५ का खेलाडी जितेश गुरुङ र संकर राइलाई एल्लो कार्ड दिएका थिए भने खेलको बेस्ट प्लेयर अफ द डे मुन लाईट युवा क्लबका जर्सी नम्बर ४ का रुपेन गुरुङ घोषित भएका छन। खेल संयोजक श्री थापा मगरका अनुसार आज सम्पन्न खेलमा १ गोलका बिरुद्ध ४ गोल गर्दै प्री सेमीफाइनल प्रवेश गरेको बुद्ध युवा क्लब देवदह, भलुही यही चैत्र २८ गते सेमीफाइनलका लागि भिड्ने छ। दोस्रो चरणको तेस्रो खेल भोली आयोजक संगम समुह संगम युवा क्लब “ए” र भैंरव युवा क्लब, बर्दघाटका बिच सेमीफाइनलका लागि हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण