गृहपृष्ठ » खेलकुद, देवदह विशेष, मुख्य समाचार, समचारसुर्यलाई हराउदै भैरव फाइनलमा ।

सुर्यलाई हराउदै भैरव फाइनलमा ।

April 11, 2017३३९ पटक

देवदह/ चैत,२९, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको पहिलो खेलमा भैंरव युवा क्लब आठ नम्बर नवलपरासी बिजयी भएको छ। 17857367_1857850581149269_1672640898_nसुर्य युवा क्लब, बर्दघाटलाई ४-१ गोलका अन्तरले भैंरव युवा क्लब बिजयी भएको हो। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज भैंरव युवा क्लब आठ नम्बर नवलपरासी र सुर्य युवा क्लब बर्दघाट,नवलपरासी भिडेका थिए। खेल सुरु भएको २२ औ मिनेटमा सुर्य युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी सुरज गुरुङले डि एरीयाबाट गरेको प्रहार गोलमा परीणत भएपछी सुर्य युवा क्लबले खेलमा अग्रता लिएको थियो। सुर्य युवा क्लबको अग्रतालाई तोड्दै खेलको ३४ औ मिनेटमा भैंरव युवा क्लबका जर्सी नम्बर १२ का खेलाडी राम बहादुर थापाले आफ्नो टिमको तर्फबाट गोल गर्न सफल भएपछी दोस्रो हाफको ४ औ मिनेट सम्ममा दुबै समुह १-१ गोलको बराबरीमा खेलेका थिए। दोस्रो हाल्फको १८ औ मिनेटमा सुर्य युवा क्लबका खेलाडीले सानो डि एरियामा फल खेलेपछी प्लेनाल्टी पाएको भैंरव युवा क्लबका तर्फबाट जर्सी नम्बर १३ का बिधुर सिंहले गोल गर्न सफल भएपछी खेल २-१ गोलको अन्तरमा सञ्चालित थियो। १ गोलको अन्तर संगै दबाबमा आएको सुर्य युवा क्लबले थप गोल गर्न सफल हुन सकेन तर भैंरव युवा क्लबका जर्सी नम्बर १२ का राम बहादुर थापाले खेलको अन्तिम ५ मिनेट भित्र लगातार २ गोल गर्न सफल भएपछी भैंरव युवा क्लब ४-१ का अन्तर ले बिजयी भएको हो। आज सम्पन्न खेलमा भैंरव युवा क्लबका जर्सी नम्बर १२ का राम बहादुर थापाले हेट्रिक रेकर्ड राखेका छन। सम्पन्न खेलमा खेल मैदानमा रहदा पालना गर्नुपर्ने निती नियमको उल्लङघन गरेको भन्दै रेफ्रीले भैंरव युवा क्लबका जर्सी नम्बर १३ का कप्तान बिदुर सिंह त्यस्तै सुर्य युवा क्लबका जर्सी नम्बर ३ र ५ का खेलाडी क्रमश : अमित मगर र सुरेन्द्र बुढाथोकीलाई एल्लो कार्ड दिएका थिए भने खेलको बेस्ट प्लेयर अफ द डे सुर्य युवा क्लबका जर्सी नम्बर २२ का खेलाडी सोम बहादुर घले घोषित भएका छन।


खेल संयोजक श्री थापा मगरका अनुसार आज सम्पन्न खेलमा १ गोलका बिरुद्ध ४ गोल गर्दै फाइनल प्रवेश गरेको भैंरव युवा क्लब भोली हुन गइरहेको सेमीफाइनल खेलका दुई प्रतिस्पर्धी बुद्ध युवा क्लब देवदह, भलुही र महामाया युवा क्लब देवदह बिजयपुर बिचको बिजेता संग यही चैत्र ३१ गते खेल्ने छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण