गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचारफाइनलमा महामाया, बुद्धलाई हराउदै।

फाइनलमा महामाया, बुद्धलाई हराउदै।

April 12, 2017२ पटक

देवदह/ चैत ३०। अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको अन्तिम खेलमा महामाया युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। 17506460_1238153042950340_1622686073_nबुद्ध युवा क्लब देवदह, भलुहीलाई १-० गोलका अन्तरले सेमीफाइनलमा हराउदै फाइलनलमा प्रवेश गरेको हो। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा यही चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज सम्पन्न सेमीफाइनलको अन्तिम खेलमा बुद्ध युवा क्लब देवदह, भलुही र महामाया युवा क्लब, बिजयपुर देवदह भिडेका थिए। खेलको १४ औ मिनेटमा महामाया युवा क्लबका जर्सी नम्बर ८ का खेलाडी परमविर थापाले बुद्ध युवा क्ल्बका डिफेन्डरको गल्तीको सदुप्रयोग गर्दै गरेको प्रहार गोलमा परीणत भएपछी १ गोलको अग्रतामा खेलीरहेको महामाया युवा क्लब, बिजयपुरले खेलको अन्तिम समयसम्म नै यो अग्रतालाई कायम राख्न सफल भएको थियो। बुद्ध युवा क्लब देवदह, भलुहीका स्टाइकरले गरेका अनेकै प्रहार गोलमा परीणत हुन नसकेपछी महामाया युवा क्लब १-० गोलका अन्तरले फाइनल प्रवेश गरेको छ। आज सम्पन्न खेलमा बिजय युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी रन्जित थापा त्यस्तै बुद्ध युवा क्लबका जर्सी नम्बर ५ र १६ का खेलाडी क्रमश: बसन्त के.सी र बिकास गिरीलाई खेल मैदानमा रहदा पालना गर्नुपर्ने निती नियमको उल्लङघन गरेको भन्दै रेफ्रीले एल्लो कार्ड दिएका थिए। बुद्ध युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अमित गुरुङ खेलको बेस्ट प्लेयर अफ द डे घोषित भएका छन। प्रथम पुरस्कार रु ७७७७७।- र दित्तिय पुरस्कार रु ४४४४४।- रहेको संगम युवा क्लबको फाइनल खेल भोली दिनको २ बजेदेखी भैरव युवा क्लब, बर्दघाट नवलपरासी र महामाया युवा क्लब,बिजयपुर देवदह बिच हुने खेल संयोजक श्री थापा मगरले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण