गृहपृष्ठ » खेलकुद, देवदह विशेष, मुख्य समाचारबिजय भयो बिजयी संगम कप २०७३ मा।

बिजय भयो बिजयी संगम कप २०७३ मा।

April 13, 2017२ पटक

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय युवा क्लब बिजयी भएको हो । 17910898_1246254388806872_1555033161_nसंगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया टोल खेल मैदानमा यही चैत्र १५ गतेदेखी सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगितामा आज सम्पन्न फाइनल खेलमा भैंरव युवा क्लब बर्दघाट, नवलपरासी र बिजय युवा क्लब बिजयपुर, देवदह भिडेका थिए। खेलको अन्तीम समय सम्मपनी दुबै समुहबाट कुनै गोल नभएपछी खेल ट्राइ ब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा ४-३ गोलका अन्तरले बिजय युवा क्लबले भैंरव युवा क्लबलाई हराउदै प्रतियोगिताको बिजेता हुन सफल भएको हो। सम्पन्न प्रतियोगितामा मेन अफ द सिरिज भैंरव युवा क्लबका जर्सी नम्बर ६ का खेलाडी सौगात प्रताप गुरुङ त्यस्तै क्रमश : सर्वाधिक गोलकर्ता भैरव युवा क्लबका जर्सी नम्बर १२ का खेलाडी राम बहादुर थापा, उत्कृष्ट स्ट्राइकर भैरव युवा क्लबका जर्सी नम्बर ९ का खेलाडी सवी गुरुङ, उत्कृष्ट गोल किप्पर भैंरव युवा क्लबका गोल किप्पर राजेन्द्र क्षेत्रि र उत्कृष्ट डिफेण्डर बिजय युवा क्लबका जर्सी नम्बर १५ का खेलाडी राजेन्द्र चौधरी पुरस्कृत भएका छन। संगम युवा क्लबका अध्यक्ष बिष्णु बहादुर थापाको सभापत्तिव, रुपन्देही क्षेत्र नम्बर १ का सासंद अब्दुल रज्जाकको प्रमुख आतिथ्यता, नेपाली कोङ्ग्रेस क्षेत्र नम्बर १ सभापती हिरा बहादुर खत्री, देवदह प्रहरी कार्यलय, देवदह खैरेनीका प्रहरी निरिक्षक सुरज कार्की, ढोरपाटल रियल स्टेटका सञ्चालक अर्जुन जिसी तथा सुर्य थापाको बिशिष्ट आथित्यतामा सम्पन्न समापन कार्यक्रममा ने.क.पा माओवादी जिल्ला सदस्य प्रजापती सापकोटा, नेपाली काङ्ग्रेस जिल्ला सदस्य बासुदेब रिजाल, राममणी बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापती तारा प्रसाद पराजुली, वडा नागरिक मञ्च देवदह ३ का अध्यक्ष चुणामणी भारती, देवदह उधोग बाणिज्य संघ देवदहका महा-सचिव प्रमोद खनाल, देवदह टेलीभिजनका अध्यक्ष गोविन्द ठडराइ, देवदह टेलिभीजनका प्रबन्ध निर्देशक थानेश्वर लम्साल, रेडीयो देवदहका स्टेसन म्यानेजर रमेश पोखरेल, देवदह आदर्श बहुमुखी क्याम्पसका ने.वि.संघ सभापति संकर गिरी लगायतको उपस्थिती रहेको थियो। क्लबका सचिव बिष्णु ज्ञवालीको स्वागत तथा सदस्य गणेश न्यौपानेको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो। खेल संयोजक श्री थापा मगरका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार रु ७७७७७।- र दित्तिय पुरस्कार रु ४४४४४।- रहेको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण