ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न।
बैशाख ६, देवदह। ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय एक कार्यक्रमका बिच समुद्घाटन भएको छ ।
सहिद दुर्गा तिवारीकी धर्मपत्नी रेनुका तिवारीले उक्त कार्यालयको उद्घाटन गर्नुहुँदै २० बर्ष देखि नभएको स्थानीय निर्वाचन राष्टप्रेमी र जनप्रेमीहरुले तित्ने दावी गर्नुभयो। संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव र प्रदेश नं.५को विभाजन विरुद्धको आन्दोलनको क्रममा शाहदत प्राप्त गर्नुभएको आफ्नो श्रीमान्को रगतको मूल्य चुकाउने बेला आएको भन्दै वहाँले न्याय पाउन पनि एमालेका उम्मेदवारले तित्नुपर्ने दावी गर्नुभयो । उहाले कार्यक्रममा उपस्थित कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संबोधन गर्दै तपाईंहरुको अमूल्य मतको कारण राष्ट्रघातीहरुले जित्ने कामको दुरुपयोग नहोस् र म सदैव तपाईंहरुकै साथमा छु भन्दै एमालेलाई भोट हाल्न अपिल गर्नुभयो । शाखा कमिटिका अध्यक्ष शोभाखर ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रिय ईन्चार्ज सिद्धिचरण भट्टराई, जिल्ला सदस्य तथा देवदह ईन्चार्ज प्रकाश अर्याल, जिल्ला सदस्य तथा सहकारी विभाग प्रमुख ऋषिराम सापकोटा,क्षेत्रिय अध्यक्ष निलकण्ठ पौडेल, प्रदेश नं.५ सदस्य डा.कृष्ण न्यौपाने लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो । शाखा कमिटिका उपाध्यक्ष बन्धु कुमालको स्वागत र सचिव कृष्ण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
