गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षालापरबाही र अज्ञानताले गर्भपतन बढ्दो

लापरबाही र अज्ञानताले गर्भपतन बढ्दो

September 10, 2015३३५ पटक

२४ भदौ, काठमाडौं । सरकारले गर्भपतनसम्बन्धी कानुन खुकुलो पारेपछि राजधानीका अस्पतालमा गर्भ पतन गराउनेको संख्या बढेको छ । राजधानीका विभिन्न अस्पतालमा गर्भ पतनका लागि जाने महिलाको संख्याको गर्भ पतन गराउनेको संख्या बढेको देखिएको हो ।

pregnantकाठमाडौं थापाथली सुकम्बासी बस्तीमा ३० वर्षकी बिना राई (नाम परिवर्तन) तीन महिनाको गर्भ पतनका लागि अस्पताल पुगेकी हुन् । तीन जना सन्तानकी आमा उनले भनिन् ‘पिल्स खान्थें, सकियो । एक/दुई साता के होला र भनेर नखाको गर्भ बस्यो ।’ मजदुरी गरी जीविका चलाउने बिना दम्पत्तिलाई परिवार नियोजनका साधनबारे थाहा भए पनि प्रयोग गर्ने सही तरिका थाहा नभएको नागरिकमा खबर छ ।

टोखाकी २४ वर्षकी रोशनी महर्जन (नामथर परिवर्तन)की पनि काखमा सानी नानी हुँदाहुँदै गर्भवती भएपछि गर्भपतन गराइन् । उनले तीनमहिने सुई डिपोप्रोभेरा लगाउने मेसो नमिलेपछि आफू गर्भपती भएको बताएकी छन् ।

यसरी अस्थायी साधनको अनविज्ञता तथा लापरबाहीले बस्ने गर्भको पतन गराउनेको संख्या बढिरहेको छ । गर्भपतन गराउँदा एकैपटक सफा नहुने, धेरै रक्तश्राप हुने, बाँझोपन हुने, कमजोर हुने, पाठेघरमा संक्रमण हुनेलगायतका जोखिम बढ्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण