गृहपृष्ठ » राजनीति, समचारस्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै देवदह नगरको संगठन विस्तार

स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै देवदह नगरको संगठन विस्तार

May 9, 2017४६९ पटक

देवदह, बैशाख २६ । अनेरास्ववियु रुपन्देहीले स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै देवदह नगरको संगठन विस्तार गर्ने बैठकबाट निर्णय गरेको छ । मंगलवार देवदहको पिपलडाडा स्थीत होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमामा भएको भेलाले सुरज भट्टराईको संयोजकत्वमा १९ सदस्यीय नगर भेला आयोजक कमिटी गठन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले युवा विद्धार्थीको भविश्यको सुनिश्चितताको लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताएका थिए । भेलाका प्रमुख अतिथि समेत रहेका पान्डेले नेकपा एमालेको देशव्यापी जनलहर देखेर अन्य दलहरु आत्तिएको समेत बताएका थिए ।
अनेरास्वीयु रुपन्देही जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं १ का अध्यक्ष क.कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला कमिटी सह–सचिव शेषकान्त पोख्रेल,नेपाल रास्ट्रिय शिक्षक संगठन देवदह नगर अध्यक्ष क।खिमानन्द ज्ञवाली लगायतले बोल्दै स्थानिय तहको निर्वाचनमा ने।क।पा एमालेलाई विजयी वनाउन आम युवा विद्धार्थीहरुको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए । भेला देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियु सदस्य प्रेमा पराजुलिको स्वागत मन्तव्य र नविन गैरेको सन्चालनमा सम्पनन भएको थियो ।18402585_1100292386781045_1796604820552481557_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण