गृहपृष्ठ » देवदह विशेष, राजनीतिअनेरास्ववियु देवदह नगर कमिटी गठन

अनेरास्ववियु देवदह नगर कमिटी गठन

May 20, 2017५७१ पटक

 उज्यालो सम्बादाता, देवदह/ जेठ ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देवदह नगरमा आफ्नो कमिटी बिस्तार गरेको छ । शनिवार देवदह नगर स्थित एमाले पार्टी कार्यालयमा भएको भेलाले सुरज भट्टराईको अध्यक्षतामा ३७ सदस्यीय देवदह नगर कमिटी निर्माण गरेको हो । जसको उपाध्यक्षमा आस्मा पोखरेल, सचिव ममता धिताल, सहसचिव अशोक गैरे, बिमल तिवारी, बसन्ती पन्थी, कोषाध्यक्ष आयुषा न्यौपाने, सदस्यहरुमा प्रदिप पाण्डे, बन्दना ढकाल, राजु एस.के., देवका भट्टराई, बिकास न्यौपाने, उर्मिला खत्री, शकुन्तला पाण्डे, प्रशान्त गौडेल, अनन्त भुसाल, समिट प्रताप पाण्डे, बिजय सापकोटा, प्रकाश न्यौपाने, सुनिल गिरी, अमृत सुनार, पुष्पा खरेल, बुजा बोहोरा, अमृता पाण्डे, समिक्षा रेग्मी, सागर भण्डारी, सर्मिला पाण्डे र रिता बस्याल रहेका छन् ।भेलामा बोल्दै अनेरास्ववियुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले पार्टीले अगाडी सारेका एजेण्डा तथा राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडानका कारण एमालेले पहिलो चरणको निर्वाचनमा धेरै स्थानीय तहमा निर्वाचित हुन सफल भएको र दोस्रो चरणको जेठ ३१ गतेको निर्वाचनमा अहिलेको भन्दा पनि राम्रो नतिजा आउने बताएका थिए । प्रमुख अतिथि समेत रहेका पाण्डेले आगामी स्थानीय तहको निर्वाचनमा एमालेका देवदह अन्तर्गतका सबै उम्मेदवारहरुलाई विजयी गराउन अनेरास्ववियुका सबै नेता तथा कार्यकर्ताहरु आ–आफ्नो वडा र टोलहरुमा सक्रिय रुपमा लाग्न आब्हान गरेका थिए । भेलामा एमाले जिल्ला कमिटी सदस्य सिद्धिचरण भट्टराई, ऋषिराम सापकोटा र प्रकाश अर्यालले देवदह नगरमा सहिद दुर्गा तिवारीको सपना साकार गर्न पनि एमालेले नगर सहित सबै वडाहरु जित्नुपर्ने बताएका थिए । उनीहरुले नेकपा एमालेसँग समृद्ध राष्ट्र निर्माण गर्ने दृष्टिकोण भएकाले यो देशको विकास गर्न नेकपा एमालेले बहुमत ल्याउनुपर्ने कुरा बताएका थिए । सुरज भट्टराईको अध्यक्षतामा भएको भेलामा जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज कृष्ण पौडेल, शिला भट्टराई, युवा संघ क्षेत्रीय सदस्य दिपेश बिक्रम मल्ल, वडा इन्चार्ज दिपक चापागाई, देवदह क्याम्पस कमिटीका अध्यक्ष अर्जुन गैरे, क्षेत्रीय सदस्य मिलन पाण्डे, नविन गैरे लगायतले बोलेका थिए भने भेलाको सञ्चालन ममता धितालले गरेकी थिइन । नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि अनेरास्ववियु रुपन्देहीका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

today

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण