गृहपृष्ठ » देवदह विशेष, बिचार/ब्लग, समचार, समाजस्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

June 3, 2017२ पटक

चेत प्रसाद बश्याल
देबदह ७ सितलनगर
जिल्ला कार्य समिति सदस्य
राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही

मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु निरन्तर हुन जरुरी देखिन्छ । २०५४ सालको स्थानिय निकायको चुनाब पछि हाल सम्म जनप्रतिनिधि बिहिनताले राष्ट्रीय निती,योजना,कार्यक्रम बजेट आन्तरीक आयश्रोत को तारतम्य नमिल्नु ,अस्थिर राजनिति बाट आयश्रोत र बिकास निर्माणका क्रियाकलापहरु प््रा्िरतकुल प्रभाबका कारण जनताले चाहेजस्तो प्रतिफल पाउन नसकेको तथ्य सबैका सामु स्पष्ट नै छ ।अब निर्बाचित स्थानिय सरकारले हालको बिद्यमान आयका श्रोतहरु लाई परम्परागत पद्धति भन्दा माथि उठेर नया ढाँचामा सँकलन र बिकास लाई नयाँ ढाँचा बाट श्रोत परिचालन गरी आथर््िाक बिकास तथा लाभ बितरणमा सन्तुलन कायम गराउन सक्ने परिपाटीको बिकास हुन जरुरी छ । यथास्थीति सोचमा परीबर्तन नभए सम्म बिकास लाई स्थानिय तह सम्म स्थानिय स्तरबाट नै मजबुत गराई आर्थिक लाभमा सबै देबदह बासिको पहुचलाई सहज गराउनु पर्ने आजको आबश्यकता हो । राजश्ब बाँडफाँड पद्धतिलाई बैज्ञानिकीकरण गरी सन्तुलित बिबाद रहित बिकासको अबधारणा अबलम्बन गर्नु पर्ने जनप्रतिनिधिहरुलाई चुनौतिको रुपमा आउन सक्छ ।त्यस्ता चुनौतिहरुलाई बिबाद रहित बनाउन तत्काल स्थानिय तहमा राजश्व श्रोतको बाडफाँड का सिद्धान्तहरु लाई आधार बनाएर समयमै पर्याप्त अध्ययन बिश्लेषण गरी चुनौतिहरुको निबारण गर्नु पर्ने समेत जरुरी देखिन्छ ।

देबदह बिद्यमान अबस्थामा गरीबिको स्थितिमा रहेको सबैलाई ज्ञात भएकैे छ ।यहाँको सुकम्बासी तथा अब्यबस्थीत बस्तिहरुभएकोपनि जग जाहेरनै छ । भौगोलिक रुपमा सकारात्मक रहेको अबश्थामा गरिबिको उन्मुक्ती सहित एक प्रतिस्पर्धात्मक क्षमतायुक्त समाजको सिर्जना गरी दिर्घकाल सम्म टिक्ने दिगो बिकासको थालनि गर्न आजको आबश्यकता हो । उदारीकरण बाट सिर्जना भएका नबिनतम तथा प्रतिस्पर्धात्मक बाताबरणलाई समेत हेरी आयका श्रोतहरुमा बृद्धि गर्न,उपलब्ध श्रोत साधनलाई उपुयक्त तरिका बाट परीचालन गर्न ,बिनियोजन र उपयोगमा जोड दिई दिगो आर्थिक श्रोत बृद्धि कायम गरी बिकास बाट अपेक्षित समुहलाई बिकासको मुल प्रबाहमा समाहित गरी बिकासको अबधारणा लाई मानविय बिकासका ेमुल लक्ष्य पाउन न्यायोचित ढँग बाट शिक्षा,स्वास्थ्य,खानेपानी,अशक्त अपाङ्ग,बाल बालिका ,लैङ्गिक समानता,बृद्ध हरुले समान रुपमा बिकास को प्रतिफल पाउन सकुन भनि पूर्बाधारको बिकासमा जोड दिई सबेै क्षेत्रको सहभागिता आजको आबश्यकता हो ।
जबसम्म आन्तरीक आयका श्रोतहरुलाई न्यायोचित प्रकिया अबलम्बन गरेर फराकिला गरीदैन तबसम्म लगानिका श्रोतहरु उपलब्ध हुन सक्दैन ।

प्राप्त श्रोत परिचालन समाजका सबै बर्गमा खुल्ला पारदर्शी र सरल रुपमा पुरयाउन स्थानिय तहका निर्बाचित प्रतिनिधीको जवाफदेहिता हुन्छ । निर्बाचित प्रतिनिधि भनेको स्थानिय सरकार हो,जनताको निकट रहेर जनताको सुख दुखमा साथ दिने बिश्वास पात्र भएकोले स्थानियतहको राजश्व र आयश्रोतको बाँड फाँड सन्तुलित तथा न्यायोचित ब्यबस्थापनमा ध्यान दिनु हुनेछ भन्ने बिश्वास लिन सकिन्छ ।

स्थानिय तहका राजश्व श्रोतका बाँड फाँडका सिद्धान्तहरुलाई अबलम्बन गरी करका दर हरुलाई यकिन गर्ने,दोहोरो करको मार बाट जनतालाई मुक्त गर्ने ,सामाजिक न्याय कर को थालनी गर्ने,प्रशासनिक खर्चलाई न्युनिकरण गर्दै प्रशासनिक सक्षमतामा प्रभाबकारी राजश्व बृद्धि हुने भएकोले क्षमतावान ब्यक्तीको पहिचान गरी बस्तुनिष्ठताको आधारमा स्थानीय करहरु सँकलन गर्न जरुरी हुन्छ । आय ब्ययको ब्यबस्थापनमा बैज्ञानिकिकरण आजको आबश्यकता भै सकेको छ ।परनिर्भरतालाई न्युनिकरण गर्दै आफनो श्रोत साधनलाई बढी भन्दा बढी पहिचान गरी आय बृद्धि द्वारा समानुपातिक बितरण प्रकृया अपनाई बिकासको फल हरेक तह र तप्का सम्म पुरयाउनु आजको बित्तिय ब्यबस्थापनको आबश्यकता हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण