गृहपृष्ठ » राजनीतिअनेरास्ववियु होमियो निर्वाचनको तयारीमा

अनेरास्ववियु होमियो निर्वाचनको तयारीमा

June 17, 2017३६४ पटक
बुटवल, असार ३ । अनेरास्ववियु रुपन्देहीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी बनाउन आम कार्यकर्तालाई निर्देशन गरेको छ । अनेरास्ववियु रुपन्देहीको असार ३ गते शनिवार बुटवलमा बसेको बैठकले असार ४ गते हुने उम्मेदवारी दर्ताको समयमा जुलुश ब्यवस्थापनको स्वयंसेवकिय भूमिका निर्वाह गर्न र निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुलाई बिजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन गरेको हो । अनेरास्ववियु जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता बसेको बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले प्रदेश नं.–५ लाई टुक्राउने षडयन्त्रका विरुद्धमा अनेरास्ववियुले नै आन्दोलनको सुरुवात गरेको बताउनुभएको थियो । वहाँले हामीले उठाएको एजेन्डा प्रमाणपत्रका आधारमा शैक्षिक ऋण एमालेको विजयले मात्र सुनिश्चित गर्ने हुँदा सबै स्थानीय तहमा एमालेको जित अनिवार्य रहेको बताउनुभएको थियो । बैठकमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले एमालेले अगाडी सारेका एजेन्डाहरु आम जनसमुदायको घर घरमा पु¥याउने काम अनेरास्ववियुका नेता कार्यकर्ताले गर्नुपर्ने बताउनुभएको थियो । एमाले जिल्ला सदस्य तथा नगर संयोजक ऋषिराम पाण्डे, विद्यार्थी इन्चार्ज बाबुराम पन्थी, अनेरास्ववियु केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सन्दिपकुमार बि.क.लगायतले बैठकमा सम्बोधन गर्दै बुटवल उप–महानगरलाई समृद्ध बनाउन सक्ने अर्नुनदृष्टि नेकपा एमालेका उम्मेदवारहरुसँग मात्रै भएको बताउनुभएको थियो ।
19239729_1457525934306654_1978081415_n
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण