गृहपृष्ठ » मुख्य समाचार, समाचारहरु, साहित्यउज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न ।

उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न ।

July 19, 2017१० पटक

IMG_5491श्रावण ४। देवदह । देवदह ४ भवानीपुरको मायादेवी मन्दीरमा उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।  दोस्रो तहको स्थानीय निर्वाचनबाट देवदह नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुमा भावि योजनाको लागि सुझाव र सफलताको शुभकामना साथै योजनाहरुको अन्तरकृयात्मक कार्यक्रम देवदह नगरपालिकाका मेयर पदमा निर्वाचित हिरा बहादुर के.सी.को प्रमुख आतिथ्यता, उप–मेयर विद्यालक्ष्मी गुरुङ्ग को विशिष्ट आतिथ्यता र देवदह न.पा.वडा नं. १ देखि १२ सम्मका वडा अध्यक्षहरु लगायत स्थानीय समाजसेवीहरुको सहभागिता सम्पन्न भएको थियो । संस्थाका सदस्य यमुना गैरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष राजिव सापकोटाले स्वागत तथा संंस्थाको परिचय दिनुभएको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई समृद्ध र विकसित देवदह बनाउन गर्नुपर्ने १२ बुद्धे सुझावहरुमा संस्थाका सल्लाहकार तथा कार्यक्रम सञ्चालक डि आर पराजुली म्याग्नेटले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नंं ४ का अध्यक्ष दिपक चापागाई ले कार्यक्रममा बोलदै युवाहरुले अवको देश निर्माण गर्ने हो र समृद्ध र विकसीत नयाँ देवदह विकासमा सधैव उज्यालो लाल्टिन प्रतिष्ठानलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सोही कार्यक्रममा बोल्दै कार्यक्रममा विशिष्ट अतिथी देवदह नगरपालिकाका उप–मेयर विद्यालक्ष्मी गुरुङ्गले यस संस्थाले गरेको उल्लेखनिय कार्यहरु भएको र देवदहको विकासमा यहाँहरुले दिएको सुझावमा हामी अग्रसर भएर पुरा गर्ने छौ भनी प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रमा प्रमुख अतिथी देवदह नगरपालिकाका मेयर हिरा बहादुर के.सी.ले बोल्दै देवदहको समूचित विकासमा युवाहरुलाई र सबै संस्थालाई समावेश गरि समृद्ध देवदह निर्माण गर्ने कुरमा जोड दिनु भएको थियो । कार्यक्रम सागर भट्टराईको संयोजन र संस्थाका सल्लाहकार डि.आर. पराजुली म्याग्नेटको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०७३/०५/०६ गते दर्ता भएको देशभरका १८ देखि ३९ बर्ष सम्मका युवाहरुको समूह मिली बनेको उज्यालो लाल्टिन प्रतिष्ठानले लामो समय देखि सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको थियो । आज भन्दा २ बर्ष अगाडी ४ जना युवाहरु वाट कल्पना गरिएको एक समूह बाट विस्तार गर्दै उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको नाम सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर २०७३/०५/०६ गते रुपन्देही जिल्ला प्रसासन कार्यालयमा, २०७४/०१/२८ गते समाजकल्याण परिषदमा दर्ता भई देवदह नगरीमा केन्द्रिय कार्यलय रही रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागिपरेको उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीले हाल सम्म विभिन्न युवामुखी, जनचेतनामुलक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको  छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण