गृहपृष्ठ » देवदह विशेषदेवदहकी मनिषा पाण्डे मिस ब्युटी क्विन नेपाल २०१७ मा पहिलो भईन ।

देवदहकी मनिषा पाण्डे मिस ब्युटी क्विन नेपाल २०१७ मा पहिलो भईन ।

July 20, 2017१४२ पटक

साउन ५ । काठमाडौं । सुरज भट्टराई । नेपाली मोडेलिङ पेशालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ आयोजना गरिएको मिस ब्युटी क्विन नेपाल २०१७ आज सम्पन्न भएको छ । काठमाडौं भित्र तथा बाहिरबाट १७ जना प्रतियोगीहरु प्रतिस्प्रधी रहेको उक्त प्रतियोगितामा कंटेस्ट्न नं १५ देवदहकी मनिषा पाण्डे पहिलो , कंटेस्ट्न नं १३ रहेकी निमा शेर्पा  दोश्रो र कंटेस्ट्न नं ३ शुशिला श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् । सम्पन्न प्रतियोगिताको मोस्ट पपुलर चोईस एवार्ड र मोस्ट इन्टेलिजेन्ट एवार्ड पनि देवदहकी मनिषाले नै हासिल गरेकी थिइन् । उक्त प्रतियोगिताको आयोजक एमाजोन इन्टरटेन्मेट थियो भने प्रतियोगिता जमलको रास्ट्रिय नाच घरमा सम्पन्न भएको थियो ।

20269919_1153731694770447_240317773_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण