गृहपृष्ठ » देवदह विशेषपल्लभी गुरुङ्गल पहिलो मिस देवदह ।

पल्लभी गुरुङ्गल पहिलो मिस देवदह ।

August 12, 2017५२ पटक

देवदह | साउन २८ । रुपन्देहीको देवदहमा पहिलो मिस देवदह प्रतियोगिता सम्पन्न भएको छ । करिव एक महिना अघि देखि सञ्चालन भइरहेको मिस देवदह प्रतियोगिता नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ बर्बरी फेसन हाउसको आयोजना र डल्फिन एजुकेशनको प्रमुख प्रयोजनमा भएको थियो | १८ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पल्लभी गुरुङ्गले मिस देवदहको २०१७ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् ।तेसैगरी प्रतियोगितामा दिपा पुन फस्ट रनरप र सेकेण्ड रनरप सुस्मीता ढकाल भएका छन । प्रतियोगितामा भ्युअर च्वइस अर्वाड निशा सुनारको पोल्टामा परेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण