गृहपृष्ठ » समाचारहरुप्यूठानको जिससमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी

प्यूठानको जिससमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी

August 13, 2017३२ पटक

सलिम अन्सारी प्यूठान– जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको प्यालन विजयी भएको हो । जिल्ला समन्वय समिती प्युठानको अध्यक्क्षमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य र माओवादी केन्द्रका पदम थापा उपाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । सदस्यहरुमा माधव भण्डारि , कृष्ण जिसी, शेर बहादुर के सी, रेशमा केसी, नारायणी कुमारी थापा, दिलीप कुमार वि.क. र सुमित्रा सुनार विजयी भएको खबर छ । नेपाली काङ्ग्रेसले यहाँ सदस्यमा मात्र चित्त बुझायो। तिन मुख्य दलको गठनबन्धन भएपछी यहाँ नेकपा एमालेको जिल्ला समन्वय समितीमा सहभागिता शून्य देखिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण