बेबारिसे बालिकाको पहिचान हुन सकेन ।
सागर शर्मा साउन २९,प्युठान । बेवारिसे अवस्थामा फेला परेकी एक बालिको पहिचान खुल्न सकेको छैन । सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा साउन १८ गते फेला परेकी बालिकाको पहिचान खुल्न नसकेको हो । अन्दाजी १० वर्षीया बालिका बोल्न नसक्ने अवस्थामा रहेको महिला तथा बालबालिका कार्यालय प्यूठानकी प्रमुख विष्णु कुमारी आचार्यले बताउनभयो । प्रहरीले बालिकालाई अल्पकालिन सेवा केन्द्र खलंगामा संरक्षणका लागि राख्न आग्रह गरेपछि संरक्षण केन्द्रमा राखिएको उहाँले बताउनुभयो । अल्पकालिन सेवा केन्द्रमा हिंसापिडीत महिलाहरुका लागि राख्ने गरिएपनि प्रहरीले संरक्षणका लागि पठाएपछि संरक्षणका लागि राखिएको केन्द्रका पुनम नेपालीले बताउनुभयो ।