एचआई भि सक्रंमितको संख्या दुई सय ४० जना ।।
भाद्र २४ गते ।।
एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०÷७१ मा ८६ एचआइभी÷एड्सबाट प्रभावित बनेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी÷एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो रहेको छ ।
यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्था, निजी एवम् अन्य क्षेत्रबाट केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनुपर्ने समितिका सदस्यसचिवसमेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरेको भनाइ छ ।