गृहपृष्ठ » मनोरञ्जन, विशेष, समचार, समाचारहरुनेपाल आइडलमा बुटवलकी सुजाताको यात्रा समाप्त

नेपाल आइडलमा बुटवलकी सुजाताको यात्रा समाप्त

August 25, 2017० पटक

काठमाडौं/भदौ ९/ चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप चार छनोट भएको छ। नेपाल आइडलको डेन्जर जोनमा पहिलो पट्क परेका बुद्ध लामा,सुजता पाण्डे र प्रताप दास मध्य दर्शकको कम भोट पाएको आधारमा सुजता बाहिरिएकि हुन् ।सुजाता नेपाल आइडलको टप ५ मा एक मात्र महिला प्रतिस्पर्धी थिईन ।

नेपाल आइडलमा अब निशान भट्टराई,बुद्ध लामा,प्रताप दास,सागर आले प्रतियोगी रहेका छन् । अब भने बाकी चार प्रतियोगिमध्य उपाधिको लडाई हुनेछ। अब यी चार प्रतियोगीमध्ये एक जना अर्काे हप्ता आउट हुनेछन् भने तीन प्रतिस्पर्धीमध्ये एकजना प्रथम नेपाल आइडल हुनेछन् ।

अबको हप्ता एक प्रतिस्पर्धी बाहिरिएपछि टप थ्री प्रतिस्पर्धी मध्ये ग्रान्ड फिनाले हुने र त्यसैबाट पहिलो नेपाल आइडल चुनिने बताइएको छ र नेपाल आइडल ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण