गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, समाचारहरु, समाजदुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

September 19, 2017३२७ पटक

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश पाण्डे हुनुहुन्थ्यो । पछिल्लो समयमा बढ्दो सवारी दुर्घटाना न्युनिकरण गर्नका निम्ती यस्ता तालीमहरु सार्थक हुने कुरा अधिकारीले बताउनु भएको छ । जम्मा २८ जना सदस्यहरुलाई दिईएको तालीममा एक कार्यक्रमका बिच युवाहरुको भेलाले दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन गरेका छन ।
नगरका सवै वडाहरुलाई समेटनेगरी गठन गरीएको युथ एक्सन फर रोड सेफ्टीको संयोजकमा समृद्धी सामुदायिक विकास मञ्चका वडा संयोजक युवराज पोखरेल र सचिवमा समृद्धी सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक भुपाल शर्मा रहनु भएको छ ।
त्यसैगरी गठित युथ एक्सन फर रोड सेफ्टीका सदस्यहरुमा रेडियो दाउन्नेका कार्यक्रम प्रमुख मनिष अधिकारी, रेडियो दाउन्न्ेकी प्राविधीक प्रमुख दिपा पाण्डे, गिरीराज भटराई, सबिना थापा, सुनिता पछाई, कल्पना चौधरी, ईन्द्र चौधरी र अनिष बर्मा रहनु भएको छ ।
सुरक्षित यात्रा अभियान नेपालको उपसमिती तथा समृद्धी सामुदायिक विकास मञ्चको शाखा को रुपमा रहेको उक्त कमिटीले बर्दघाट नगर क्ष्ँेत्रमा हुन सक्ने सडक दुर्घटनाका कारणहरुको खोजिगर्ने र त्यसको न्युनिकरणका लागि पहल गर्नेछ ।
उक्त समितीले बर्दघाट देखि देवदह क्षेत्र सम्म हुने सवारी दुर्घटनाका समयमा उद्धार कार्यमा समेत सहभागी हुने छ भने । सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडकको प्रयोगवारे प्रशिक्षण दिने छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले आम सडक प्रयोगकर्ताले सडकको अनुशासन नबुझे सम्म दुर्घटना न्युनिकरण हुन नसक्ने बताउदै सडकमा अकालमा ज्यान जानेक्रमलाई रोक्न युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बृतचित्र जोखिममा ज्यान प्रर्दशन गर्नुका साथै सडकमा सुरक्षित आवागमनको अधिकार र कर्तव्यवारे प्रशिक्षण दिईएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण